ताजा अपडेट

शिक्षाबिज्ञ पाठक दाङ आउदै

          |   94 Views   |   Published Date : 12th May 2018 |

  तुलसीपुर, बैशाख । शिक्षाबिज्ञ घनश्याम पाठक दाङ आउदै छन् । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘शिक्षा र शिक्षक व्यबस्थापनमा चुनौती र समाधानका उपाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन पाठक दाङ आउन लागेका हुन् ।

संगठनका केन्द्रीय सदस्य समेत रहेका पाठक देशकै उत्कृष्ठ सामुदायिक बिद्यालयका प्रधानाध्यापक पनि हुन् । बिहिबार हुने उक्त कार्यक्रममा पाठकले शिक्षा सुधार गर्न आफ्नो अनुभव सुनाउने छन् । तुलसीपुरमा हुने उक्त कार्यक्रममा संगठनका राष्ट्रिय उपाध्यक्ष गुणाखर भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

तुलसीपुरको सत्कार पाहुना घरमा बिहान ११ बजे देखि हुने कार्यक्रममा सहभागिताका लागि संगठन दाङका सचिब बिष्णु खत्रीले सबैलाई अनुरोध पनि गरेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१