ताजा अपडेट

रेडियो मध्यपश्चिम द्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

          |   127 Views   |   Published Date : 12th May 2018 |

DSC_0694

घोराही, २९ बैशाख | दाङ सुचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिमले आफ्नो १२ औँ स्थापना दिवसको अबसरमा जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा बस्दै आएका जेष्ठ नागरिकहरुलाई रेडियोले स्थापना दिवसको अबसरमा शनिबार खाद्यान्न सहयोग गरेको हो ।

रेडियोका अध्यक्ष माधबप्रसाद शर्मा, सचिब सुदर्शन रिजाल, सदस्य मधुसुदन बैद्य, समाचार प्रमुख निमुसंगम घर्ती, खाद्यान्न सहयोग कार्यक्रमका संयोजक जितसागर जिएम, प्राबिधीक बाबुराम पाण्डेय सहितका कर्मचारीहरुले जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी र जेष्ठ नागरिक ललिचन्द ठकुरीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा रेडियोका अध्यक्ष माधबप्रसाद शर्माले जेष्ठ नागरिकहरुको सम्मानका लागि स्थापना दिवसमा खाद्यान्न सहयोग गरेको बताउनुभयो । रेडियोले जेष्ठ नागरिकहरुको आवाजहरुलाई निरन्तर बोल्ने प्रतिबद्धता जनाउदै आफ्ना बुवा आमालाई घरमै सम्मान गरेर राख्ने बाताबरण बनाउन खबरदारी र सचेतना जगाउने उल्लेख गर्नुभयो ।

साथै रेडियोबाट नियमित जेष्ठ नागरिक सरोकार कार्यक्रम सञ्चालनका लागि समय समेत उपलब्ध गराउदै आएको र त्यसलाई निरन्तरता दिने पनि अध्यक्ष शर्माले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले जेष्ठ नागरिकहरुको सम्मान र न्यायका लागि रेडियोले खेलेको भुमिका प्रति आभार व्यक्त गर्नुभयो । जेष्ठ नागरिकहरुको हक अधिकार कार्यान्वयनमा रेडियोले गर्दै आएको सहयोगलाई केन्द्रले उच्च सम्मानका साथ हेर्ने समेत बताउनुभयो । रेडियो मध्यपश्चिमले आफ्नो १२ औँ स्थापना दिवसका अबसरमा हिजो रक्तदान गरिएको थियो भने जेठ १ गते औपचारिक कार्यक्रम गर्ने तयारी गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१