ताजा अपडेट

मेयरसाबको गाउँमा पानीको हाहाकार , बषौदेखि जरुवाको पानी खान बाध्य स्थानीयवासी

          |   508 Views   |   Published Date : 12th May 2018 |

 32313265_898954183622987_721223733116665856_n

दाङ,२९ बैशाख । घोराही उपमहानगरपालिकाका–२ सुर्केडागीवासीले खानेपानीको समस्या झेल्दै आएका छन । गाउँका हुने खाने घरपरिवारहरुले घरमा इनार खनेर पानी पिउने गरेपनि कमजोर आर्थिक अवस्था भएका परिवारहरु अहिलेपनि खोलाको पानी पिउन बाध्य छन ।

घरमा खानेपानीको व्यवस्था नहुदा खोलाको पानी पिउन बाध्य भएको घोराही उपमहानगरपालिका–२ सुर्केडागीको सुस्मीता चौधरीले बताइन । खोलामा भल आएको बेला बाहेक अन्न समयमा आफनोघरसँगै गाउँका १५ ्र१६ घरपरिवारले यहि खोलामा जरुवा बनाएर पानी खाने गरेको बताईन । खानेपानीको व्यवस्था मिलाईदिन पटक पटक नेताहरुलाई आग्रह गरेपनि कसैले वास्ता नगरेको उनको भनाई छ ।

‘मैले थाहा पाएदेखि यहि खोलाको पानी पिउनेदेखि नहुवाउने,कपडा धुने,भाडा माझने गरेका छौँ’,उनी भन्छिन,‘पानी खानलाई कुवा धारा भएको भए,किन खोला आउनु पथ्यो ।’ त्यसो वडा नंं १ को राईटारीको दलित बस्तीमा पनि खानेपानीको समस्या उस्तै छ । करिव एक दशक पहिले आरआरएनले बनाइदिएको खानेपानी ट्याङकी विग्रिनुका साथै साथै पानीको मुलसुकेपछि राईटारीका करिव २५ दलित घरपरिवारहरु खानेपानीको समस्या बर्सौदेखि झेल्दै आएका छन ।

स्थानीयवासी देवप्रसाद विश्वकर्माले. भने । उमेर झण्डै ५० काटेका विश्वकमाले आफुले थाहा पाउदादेखि नै राईटारीगाउवासीहरुले खानेपानीको समस्या भोग्दै आएको बताउँछन । ‘ हाम्रो गाउँमा खानेपानीको समस्या आजको मात्र होइन बर्षौ बर्ष पहिलेको हो’, विश्वकर्माले भने,‘खानेपानीको व्यवस्था गरिदिन तत्कालिन गाविस कार्यालदेखि अहिलेका नेताहरुलाई पटक पटक भनेपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।’

सुर्केडागी,राईटारीलगाएत वडा नं. १ र २ का अधिकांस गाउँमा खानेपानीको समस्या हुने गरेको छ । सुक्दै गएका पानीका मुहानसँगै भरपर्दाे खानेपानीको बैकल्पीक माध्यम नहुदा स्थानीयवासीहरुले खानेपानीको समस्या भोग्नु परेको छ ।

स्थानीयवासीहरुलाई परेको खानेपानीको समस्या समाधान गर्न आफुहरुले निर्वाचित गरेका जनप्रतिनिधिहरुले पहल नगरेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१