ताजा अपडेट

फुटबल खेललाई माथि उठाउदै………

          |   469 Views   |   Published Date : 10th May 2018 |

ba

नरेन्द्र पुन पुर्व राष्ट्रिय फुटबल खेलाडी

     अनुपम सुन्दरता र विविधताले भरीपुर्ण दक्षिण यशीयाकै सबैभन्दा ठुलो उपत्यका दाङलाई खेल क्षेत्रवाट देशकै नमुना बनाउनका लागि नरेन्द्र पुन लागि परेकाछन् ।

२०५७ सालसम्म जिल्लामा हुनेगरेका खेलहरुमा उनी सकृय हुने गर्थे तर त्यसपछि संकटकाल तथा देशको विषम परीस्थितिका कारण जिल्लामा न त खेलका कार्यक्रमहरु नै भए न त खेल क्षेत्रको विकाशका लागि कुनै काम नै भए ।

आफुमा खेलप्रति अथाह लगाव भएका नरेन्द्र चुप लागेर वस्न सकेनन् र केही गर्नुपर्छ भन्ने अठोटका साथ राष्ट्रिय बि डिभिजन फुटबल लिग खेलिरहेको घोराही, दाङको स्थानीय क्लव यूएनविसी (यूनाइटेड नयाँ बजार फुटबल क्लव) देखि प्रतिनिधिको रुपमा दाङ जिल्ला फुटवल संघको निर्वाचन मार्पmत महासचिवमा निर्वाचित भए । नयाँकार्य समिति पनि केही गरौ भन्ने भावनाको बन्यो र अहिले जिल्लाका विभिन्न स्थानमा फुटवल खेलहरु आयोजना भै रहेका छन् भने खेल मैदान पनि प्रत्येक वडामा बनाउनु पर्ने भन्दै स्थानीय सरकार संग समन्यमा जुटेका छन् ।


लाहुरे परीवारमा जन्मेर पनि सानै देखी फुटवल खेलमा आकर्षित भएका नरेन्द्र मोजामा कपडा राखी फुटवल वनाएर खेलेको स्मरण गर्छन् । फुटवल खेलमा रुची देखाएका नरेन्द्रलाई बुवा अरनेरी क्याप्टेन तथा दाजु सिंगापुरे लाहुरे भएका कारण फुटवल, बास्केटबल जस्ता खेल सामाग्रि सजिलै पाएको बताउछन् । मावि रझेनामा पढ्दा देखी नै उनले प्रतियोगितामा भागलिने अवसर प्राप्त गरे ।

स्कुल स्तरीय टुनामेन्टमा जिल्ला प्रथम भयो नरेन्द्र पुनको टिम । टुनामेन्टमा राम्रो खेलेको देखेर तत्कालीन घोराही वजारमा रहेको राप्ति स्पोर्टस् क्लववाट उनलाई खेल खेल्न अवसर समेत दियो । २०४९ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भयो । त्यसपछि वडा वडामा फुटवल खेलको आयोजना हुन थाल्यो । त्यतिवेला सम्म नरेन्द्र क्लववाटै खेलहरु खेले । त्यसपछि घोराहीमै अर्को क्लव पनि जन्मीयो मंगोल व्याईज क्लव (अहिलेको यूनएनविसी) । त्यसवाट उनले एन्फा कोकाकोला लिग फुटवल प्रतियोगिता खेल्ने अवसर पाए । त्यसमा पनि उनको टिम जिल्ला प्रथम भयो । त्यस ताका क्लवस्तरीय लिग प्रतियोगिताका लागि देशका प्रमुख शहरहरु पोखरा, विराटनगर, हेटौडा, काठमाण्डौ लगायतका ठाँउहरुमा खेल्न गए ।

मध्यपश्चिम क्षेत्रिय छनौटमा जिल्लाको टिमलाई पहिलो वनाई दाङ जिल्लाको टिम नै मध्पश्चिम क्षेत्रको टिम बन्न पुग्यो । मध्यपश्चिम क्षेत्रिय टिमवाट देशका प्रमुख शहरहरुमा दर्जनौ पटक राष्ट्रिय खेलहरु पनि खेलेको पुन बताउछन् । जिल्लामा क्लव स्तरीय खेल भैरहेकोवेला २०५८ सालतिर देशको परीष्थिति विग्रदै गएको कारण खेलहरु सञ्चालन हुन छाडे । त्यसपछि पुन पनि काठमाण्डौ तर्फ हानिए ।
त्यतिवेलाको समयमा जाउलाखेल क्लव, व्याएज युनियन जस्ता क्लवहरुवाट पनि खेल खेल्नको लागि अवसरहरु त आएका थिए तर पुन खेल्न गएनन् । उनी भन्छन् समय परिस्थीतीले गर्दा खेल्नपाएनन । त्यसपछि पुन लागे आई टि कोर्ष पढ्न तर्फ । आई टि को सफ्टवेयर तथा हार्डवेयर तथा ईन्टरनेट सम्वन्धि कोर्ष पुरा गरे र १ वर्ष राजधानीमा आइ.टी शिक्षक पनि भए । २०६० सालमा दाङ फर्केर जिल्लामा पहिलो पटक डायलअप ईन्टरनेट उनले भित्र्याएका थिए । विस्तारै नेपालगञ्जदेखी लिजलाईन, वायरलेस वाईफाई प्राईभेट सेक्टरलाई लगानीगर्न लगाई जिल्लामा भित्र्याए ।

२०७५ साल सम्म आईपुग्दा फोर जी आउदै गरेका्े र हाइ स्पिड अप्टिकल इन्टरेनेट चलिरहेको तर उनको मनले खेल क्षेत्रको विकाशमा केही गरौ भन्ने भावना हुदाहुदै पनि उनले गर्न सकेका थिएनन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि उनमा केही आशा पलायो र जिल्ला फुटवल संघमा आवद्ध भए । उनको टिम पनि जिल्लामा फुटवल खेलको लागि केही गरौ भन्ने भावना वोकेकोले पुन लगाएत जिल्लाको फुटवल संघ लागि परेको छ । फुटवल संघको निर्वाचनमा उनी महासचिवमा निर्वाचित भए ।
उनी निर्वाचित भएसंगै ३३ वर्ष पछि दाङमा राष्ट्रियस्तर फुटवल प्रतियोगिता खेल भयो । २०७४ साल माघ २ देखी ६ गते सम्म राष्ट्रिय खेलकुद परीषद्को सहयोग, अखिल नेपाल फुटवल संघको आयोजना तथा दाङ जिल्ला फुटवल संघको समन्वयमा २८ औ राष्ट्रिय पुरुष फुटवल प्रतियोगिता सम्पन्न भयो । त्यसपछिका दिनहरुमा जिल्ला फुटवल संघ संगको समन्यमा जिल्लामा धेरै खेलहरु आयोजना हुन थालेका छन् ।

अहिले उनी घोराही तथा तुलसीपुर उप महानगरपालीका लगायत स्थानीय तहमा मेयर कप फुटवल प्रतियोगिता सञ्चालन गर्नका लागि लागिपरेका छन् । दाङका १० स्थानीय तहहरु मध्ये गढवा गाँउपालीकाले अध्यक्ष कप फुटवल प्रतियोगिता जिल्ला फुटवल संघको समन्वयमा गरीसकेको छ । धेरै ठाँउमा प्रतियोगिता सञ्चालन गर्नुको एउटा उद्देश्य छ । उनी भन्छन् जुन जुन स्थानमा खेल हुन्छ त्यस क्षेत्रमा राम्रा खेलाडीहरु छनौट गरी गाँउ, नगर र उप महानगरपालीकाको जुझारु तथा शसक्त टिम निर्माण गर्नु पनि हो ।

अहिले गढवा गाँउपालीकामा सञ्चालन भएको खेलवाट २५ जना खेलाडीहरु छनौट भई पालीका टिम तयार भएको छ । एन्फाको निर्वाचन आईरहेकोले अहिले धेरै खेलहरु आयोजन ागर्न नसकिएको पुनले बताए । निर्वाचन पछि जिल्लाका क्लवहरुसंग छलफल गरी खेलहरुको बार्षिक क्यालेण्डर तयार गर्ने र सोही अनुसार खेलहरु सञ्चालन गर्ने योजना पुनले वनाईरहेका छन् ।
खेल क्षेत्रको विकाश गर्नका लागि खेल मैदान तथा पुर्वाधारहरुहुनु आवश्यक भएको नरेन्द्र पुन बताउछन् । जिल्लामा प्रसस्त मात्रामा खेल मैदान वनाउन लाएक जमिन पनि छ । त्यसमा सुविधा सम्पन्न खेल मैदान तयार गर्न अध्ययन पनि भैरहेको उनले जानकारी दिए । अहिले पनि बेलझुण्डिमा ३४ करोडको लागतमा सुविधा सम्पन्न रंगशाला निर्माणहुने भएको छ । यता घोराही उप महानगरपालीकाले प्रदेश नं ५को बजेट अनुसार फुटवल रंगशाला वनाउनको लागि सम्भाव्यता अध्ययन गर्ने भनेर रकम विनियोजन समेत गरेको छ ।

त्यसैगरी नेपालमा ३ वटा शहरहरुलाई स्मार्ट स्पोर्ट सीटि वनाउने क्रममा दाङ जिल्ला पनि त्यसमा परेको छ । जस अनुसार लमही नगरपालीका, घोराही तथा तुलसीपुर उप महानगरपालीकामा प्राविधिक टोलीले अध्ययनगरी स्थानीय तहका प्रमुख उप प्रमुख, खेल क्षेत्रसंग आवद्ध संघसंस्था, पुर्व तथा वर्तमान खेलाडिहरुसंग छलफलगरी कुनै एक ठाँउमा स्मार्ट स्पोर्ट सीटि निर्माण गरीने पुनले जानकारी दिए ।
पुजनीय वुवा अरनेरी क्याप्टेन मनबहादुर पुनको सामाजीक योगदान प्रतिको लगाव देखेर सोही संस्कारमा हुर्किएका पुन र उनको परीवार दाजुभाई मिलेर घोराहीमा रहेको वौद्ध गुम्वामा ४० लाखको लगानीमा भ्यु टावर निर्माण गरीरहेका छन् । उक्त भ्यु टावरवाट आएको अम्दानीले, भ्यु टावर संरक्षण तथा घोराहीमा रहेको वालमन्दीरका विद्यार्थीहरुलाई वार्षिक छात्रवृत्ति दिईने पुनले बताए । साथै दाङमा प्याराग्लाईडिङको पनि सम्भावना प्रवल रहेको हुँदा निकट भविष्यमा अन्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता समेत हुन लागेको उनले बताए । प्याराग्लाईडिङ प्रतियोगिताको पनि उनले नै समन्वय गरीरहेकाछन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१