ताजा अपडेट

तुलसीपुरको साततले गुफा संरक्षणको अभावले ओझेलमा

          |   156 Views   |   Published Date : 9th May 2018 |

gufa

दाङ, बैशाख २६ । तुलसीपुरको परिचित नाम हो, साततले । तुलसीपुर उपमहानगरपालिकाको ३ नं वडामा रहेको साततले गुफाको नामबाट साततले ठाउँ परिचित छ । तर सात तलेको परिचय दिने गुफा भने गुमनाम छ । तुलसीपुर बजारदेखि नजिकैपर्ने उक्त गुफा प्रचार, प्रसार र संरक्षणको अभावले ओझेलमा परेको छ ।

राप्ती राजमार्गदेखि दुई सय मिटर उत्तरमा पर्ने उक्त गुफा बाहिर पुग्दा सानो झरना देखिन्छ, त्यही झरणाबाट नै गुफा हेर्न पुग्नेहरु लोभिने गर्छन् । त्यसमा पनि भित्र भएका दुईवटा पोखरी,तीनै पोखरीमा रहेको स्वच्छ पानी । पोखरीमा पौडिरहेका माछा । सात तला भएको गुफा भित्रका यिनै दृष्यले ओझेलमा साततले गुफा त्यहाँ पुग्ने जो कोहीलाई मोहित नबनाई छाड्दैन् ।

गुफाभित्र बाजा जस्तो बज्ने ढुंगा छ भने हात्तीको सुड, चील,तामाका गाग्रीका मुख जस्ता ढुंगाबाट बनेका विभिन्न आकृति देख्न सकिन्छ । गुफाभित्र बाह्रै महिना पानीका थोपाहरु झरिरहन्छन,जसले गर्दा १२ महिना कुंवाको स्वच्छ पानीको अवलोकन गर्न सकिन्छ ।

गुफा सुन्दर भएपनि प्रचार,प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । गुफाको प्रचार,प्रसार गर्न सकेमा बाह्य पर्यटक पनि भित्र्याउन सकिने स्थानीय कलिभान रोकाले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१