ताजा अपडेट

चलचित्र हैरानको प्रमोसनका लागि फिल्म युनिट दाङमा

          |   283 Views   |   Published Date : 8th May 2018 |

31960130_896496627202076_6222192960792952832_n

सागर थापा दाङ बैसाख | विश्वकै कम उमेरको निर्देशकको रुपमा “ गिनिज बुक अफ वल्र्ड रेकर्डस् ” आफ्नो नाम लेखाउन सफल नेपाली निर्देशक सौगात बिष्ट निर्देशित बहुप्रतिक्षित चलचित्र हैरानको प्रमोसनका लागि फिल्म युनिट दाङ आईपुगेको छ ।

डान्स फिभर ब्यानरमा निर्मित चलचित्र “ हैरानको ” पब्लिसिटिका लागि गायन,नृत्य र अभिनयको राष्ट्र व्यापी अभियान अन्तर्गत युनिट आज दाङ आएको हो । गजित बिष्टको निर्माण रहेको चलचित्रको निर्देशक “लभ यू बाबा” निर्देशन गरी सकेका सौगात बिष्टले गरेका छन् ।

८ बर्ष लगाएर तयार पारिएको स्कृप्टमा काम गरेपछि यहि जेष्ठ १ गते देखि हैरान हलहरुमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा राजनिती,गुण्डागर्दी ,माया प्रेम, मा आधारीत रहेको निर्देशक सौगात बिष्टले जानकारी दिनुभयो ।

चलचित्र सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चर्चित कलाकारसागर लम्साल बले, निर्देशक सौगात बिष्ट, निर्माता गजित बिष्ट तथा नव नायिका आरोहि शर्मा लगाएतले चाचित्रको बारेमा बोलेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१