ताजा अपडेट

भूपू पाण्डेको सिजनल रोमान्टिक गीत छाता सार्वजनिक

          |   104 Views   |   Published Date : 6th May 2018 |

xata1

शिवु खनाल देउखुरी, २३ बैशाख | दंगाली युवा गायक भूपू पाण्डेको राइन रोमान्टिक गीत छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा सार्बजनिक भएको छ । राप्ती याउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी पाण्डे मिठो स्वरका धनि, आफ्नो अलगै पहिचान बनाउन सफल गायक भूपू पाण्डेको स्वर, संगीत तथा एरेन्ज रहेको छाता गीतमा राम अविरल बिस्टको शब्द रहेको छ ।

आफुलाई घर बाट पनि राम्रो सपोटर रहेको बताउदै, मैले एक सय वटा गितमा आवाज दिसके पाण्डेले भन्नुभयो । काठमाण्डौँमा काम गर्दै संगित क्षेत्रलाई अंगालेको छु, उनले भने । युवा पुस्ता माझ निकै लोकप्रियता कमाउन सफल भएका गायक भूपू पाण्डेको छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा गीतमा डान्स शुजन मार्फा तामाङ त्यसैगरी मनासी तामाङ र एलिड ट्वान्टी क्रिउका मेम्बरहरुले गरेका छन् ।

त्यसैगरी गीतलाई सम्पादन बिकास ज्ञवालीले गरेका हुन् भने, निर्देशन शुजन मार्पा तामाङ आफैले गरेका छन् । नेपाली गीत संगीतमा आफुलाई अब्बल बनाउन सफल भूपू पाण्डे दाङ देउखुरीको सिसहनियाँ निवासी हुन् । भूपू पाण्डेका सबै गीतहरुलाई दर्शक श्रोताहरुले निकै नै रुचाएको पाईन्छ ।

पाण्डेको यो गीत छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा आहिले सान्दर्भिक र मौसम सापेक्ष रहेको कारण पनि धेरै दर्शक श्रोताहरुले मन पराउने बिश्वाश लिन सकिन्छ । पाण्डेको छाता गीत भन्दा पहिले एसेप्ट गर गीत ले निकै चर्चा बटुल्न सफल भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१