ताजा अपडेट

दाङको ऐतिहासिक सुनकोट लेकमा खड्गेश्वरी मन्दिरको शिलान्यास

          |   173 Views   |   Published Date : 5th May 2018 |

31946811_895552497296489_6318567311041101824_n

 दाङ, बैशाख २२ घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानी स्थित ऐतिहासिक सुनकोटमा मन्दिर निर्माण सुरु गरीएको छ ।

पछिल्लो समय धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपमा विकास भैरहेको धारापानी धाम मन्दिर देखि २६ सय मिटर अग्लो स्थानमा रहेको ऐतिहासिक सुनकोटमा खड्गेश्वरी मन्दिर निर्माण गर्न थालिएको हो । धारापानी धाम व्यवस्थापन समितिको आयोजनामा सुनकोटमै पुगेर एक कार्यक्रममा विच मन्दिरको शिलान्यास गरीएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेर मन्दिरको शिलान्यास गरीएको मन्दिर व्यवस्थापन समितिका सचिब विष्णु आचार्यले जानकारी दिनुभयो । करिव १५ लाख रुपैयाको लागतमा मन्दिर निर्माण हुनेछ ।

जिल्लाकै ऐतिहासिक स्थलको रुपमा रहेको सुनकोटमा यसअगाडी प्राचिन मन्दिर भएपनि त्यसको भग्नावशेष मात्र थियो । भग्नावशेषलाई सामान्य उत्खनन गरेर नयाँ मन्दिर निर्माण गर्न थालिएको र त्यसको लागि स्थानिय दाताहरुकै सहयोग रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१