ताजा अपडेट

होटल डोकोमा लोक फ्युजनको शुभारम्भ

          |   766 Views   |   Published Date : 5th May 2018 |

 31913052_895348870650185_2198972957189996544_n

दांग ,बैशाख २२ । घोराहीको मेन रोडमा अवस्थित होटल डोकोमा लोक फ्युजनको शुभारम्भ भएको छ । लोप हुन लागेको लोक संस्कृतिलाई बचाउनको लागी उक्त सांगीतिक कार्यक्रमको थालनी गरेको होटलका म्यानेजर बसन्त जीएमले जानकारी दिनुभयो ।

साथै अब देखी हफ्ताको प्रत्येक शुक्रबारको दिन सांगीतिक कार्यक्रमको आयोजना गर्ने जीएमले बताउनु भयो ।उध्घाटन कार्यक्रममा घोराहीका उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघ दांगका अध्यक्ष सविन प्रियासन,संस्कृति बीत गोविन्द आचार्य,घोराहीका प्रमुख नरूलाल चौधरी लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि गोविन्द आचार्यले ‘ नेपालको पश्चिम भेगतीर लोक संस्कृति मौलाउँदै गईरहेको र मादल ,बासुरी ,सारंगीको हामी माझ देखी बिस्तारै बिस्तारै हराउँदै गरेको अवस्थमा होटल डोकोले यो लोप हुन लागेको सँस्कृतिको आयोजना गरेर मलाई बीस वर्ष अघिको उमेरमा जान बाध्य बनाएको बताउनु भयो । साथै मौलाउँदै गरेको संस्कृतिलाई बचाउन हामी नेपालीहरुले एकमन भई सोच्नु पर्छ र सबैजना संस्कृतिलाई बचाउन लागी हामी लाग्नु पर्ने बताउनु भयो ।

होटल डोकोका म्यानेजर बसन्त जीएमको स्वागत मन्तव्य तथा अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार निमुसंगम घर्तीले गर्नु भएको थियो । कार्यक्रम उद्घाटन लगतै दर्शक तथा ग्राहकहरुले सांगीतिक कार्यक्रमको भरपूर मनोरंजन लिएका थिए ।

प्रत्येक शुक्रबार होटल डोकोले यसैगरी लोक फ्युजन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१