एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

वैशाख, काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा आफ्नो संलग्नता मात्रै स्वीकार गरेनन्, तत्कालिन विमानस्थलका अन्य प्रमुख अधिकारीको पोल पनि खोलेका छन् । खड्का एसएसपी खत्री डिएसपी हुँदादेखि नै उनको सवारी चालकको रुपमा कार्यरत थिए । विमानस्थलका तत्कालिन एसएसपी श्यामबहादुर खत्रीको गाडीमै राखेर उनले तस्करसम्म सुन पुर्‍याउने गरेकोसमेत स्वीकारेका छन् । खत्रीको निर्देशनमा उनले सुन दाह्रीवाला भनिने मोहन काफ्लेसम्म पुर्‍याउने गरेका थिए । जसवापत काफ्लेले उनलाई एक पटक ५ हजार रुपैयाँ र अर्को पटक १० हजार रुपैयाँ गरी १५ हजार रुपैयाँ पाएका थिए । काफ्लेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा उनीहरुले विदेशबाट सुन लिएर इमिग्रेसनसम्म आउने गरेका थिए । इमिग्रेसनको छापा लागेपश्चात कहिले एसपी विकासराज खनाल त कहिले डिएसपी सञ्जयबहादुर राउतले उनीहरुलाई इस्कर्ट गरेर सिधै डिआईजी गोविन्दप्रसाद निरौला र एसएसपी श्यामबहादुर खत्रीको कार्यकक्षसम्म पुर्‍याउने गरेको खड्काले बयान दिएका छन् । सुन आउने समय डिआईजी निरौला र एसएसपी खत्रीले आफ्नो कार्यकक्षमा कुरेर बस्ने गरेको पनि उनले बताएका छन् । पछि एसपी विकासराज खनाल प्रहरी प्रधान कार्यालय तानिएपछि डीएसपी राउत र एसएसपी खत्रीले त्यो काम सम्हालेको उनको भनाइ … Continue reading एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन