ताजा अपडेट

अष्ट्रेलियाले किन्यो कुम्भकरणको कपी राइट्स

          |   3801 Views   |   Published Date : 4th May 2018 |

31649337_895081620676910_7081422797813055488_n

दांग, बैशाख २१  । आकाश पल प्रोडक्सन र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टर बीच एक कार्यक्रममा सम्झौता भएको छ । आकाश पल ब्यानरमा बन्न लागेको चलचित्र कुम्भकरणको कपी राइट्स अष्ट्रेलियाको मिडिया रिसर्च सेन्टरले १२ लाख रुपैयाँमा किनेको छ ।

चलचित्र रिलिज पुर्व नै बुधबार एक कार्यक्रम बीच पहिलो पक्ष आकाश पल प्रोडक्सन र दोश्रो पक्ष ग्लोबल मिडिया रिसर्च सेन्टरलाई मध्यनजर गरी उक्त सम्झौता पत्र तयार गरीएको हो । चलचित्र यही असार ८ गते नेपाल भर प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले र सदभाव थापा मुख्य भूमिकामा रहेका छन ।

चलचित्रलाई दीपक ओलीले निर्देशक गरेको चलचित्र कुम्भकरणका निर्माता चित्र बहादुर घर्तीमगर र छितिज बस्नेत रहेका छन । फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन भने लाइन निर्माता सरिता गिरी रहेको चलचित्र युनिटले बताएको छ ।

कुम्भकरणको लोक चर्चित गीत ‘कुटु कुटु यो मुटु खाने भो’ बोलको गीत चर्चामा छ । चलचित्र करण असारको ८ गते रिलिज हुने भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१