शैक्षिक शूल्कको घोराहीमा उपमहानगरले अनुगमन गर्ने
घोराही, २० बैशाख | घोराही उपमहानगरपालिका क्षेत्रका सरकारी र निजि विद्यालयहरुले चर्को शुल्क लिएको भन्ने व्यापक गुनासो माथी उपमहानगरले अनुगमन गर्ने भएको छ । भर्ना र शिक्षण शुल्क चर्कोरुपमा लिएको भन्दै विद्यार्थी संगठनहरुले उपमहानगरको शिक्षा शाखामा तालाबन्दी र ज्ञापनपत्र मार्फत सूचना प्राप्त भएपछि उपमहानगरको सामाजिक विकास समितिको नेतृत्व र विद्यार्थी संगठनहरुको सहभागितामा अनुगमन गर्ने भएको हो । समितिका संयोजक एवं उपमहानगरपालिकाका प्रबक्ता भरत अर्याल सहित अनेरास्ववियुका अध्यक्ष विरबल खड्का, अखिल क्रान्तिकारीका अध्यक्ष जंगबहादुर रोका र नेविसंघका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकी बिच भएको छलफल अनुसार भोली देखी सरकारी र निजी विद्यालयहरुले लिएको शुल्कको बिषयमा अनुगमन गर्ने सहमती भएको छ । सामुदायिक र निजि विद्यालयहरुले आफुखुसी शुल्क लिएको भन्दै अहिले देशव्यापीरुपमै विद्यार्थीहरु आन्दोलीत बनेका छन् । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed