ताजा अपडेट

अभिनेता रजनीकान्त भए सर्वाधिक महँगा

          |   148 Views   |   Published Date : 3rd May 2018 |

rajani

एजेन्सी |सुपरस्टार रजनीकान्त भारतका महँगा अभिनेतामा पर्छन्। उनको पारिश्रमिक फेरि बढ्ने भएको छ। भारतीय संचारमाध्यमले जनाए अनुसार रजनीकान्तले  कार्थिक सुब्बाराजको आगामी फिल्मका लागि पारिश्रमिकबापत १०४ करोड नेपाली रूपैयाँ अर्थात ६५ करोड भारू पारिश्रमिक बुझ्न लागेको जनाएका छन्।

सो पारिश्रमिक बुझ्ने बारेमा फिल्म निर्माताहरूले आफ्नो आधिकारिक धारणा राखेका छैनन्। यदि समाचारमा प्रकाशित भएजस्तै भएमा उनी एशियाका सर्वाधिक पारिश्रमिक बुझ्ने कलाकार बन्नेछन्। यसअघि पनि सन २००७ मा ‘शिवाजी’ फिल्मका लागि उनले लिएको पारिश्रमिकले उनलाई  एशियामा सर्वाधिक पारिश्रमिक बुझ्ने दोस्रा अभिनेता बनाएको थियो।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारका अनुसार सो फिल्मको सुटिङ करिब ४० दिनको हुनेछ र जुनबाट फ्लोरमा जानेछ। सो फिल्ममा विजय सेथिपाई भने खलनायकका रूपमा देखिनेछन्।

रजनीको आगामी फिल्म ‘काला’ जुन सात मा रिलिज हुने तय भइसकेको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१