सूचना प्रविधिले मात्र देश विकासमा सहयोग नपुग्ने : मेयर नरूलाल चौधरी

दांग ,वैशाख १९ । घोराहीमा सूचना तथा सञ्चार प्रविधिको विस्तार सुशासन समृद्दीको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस धूमधाम सँग मनाइएको छ । घोराही स्थित सहिदमार्ग बाट सुरु भएको रयाली बजारको विभिन्न ठाउँको परिक्रमा पत्रकारमहासंघ दांगको सभाहलमा टुंगिएको थियो । सञ्चार दिवसको अवसरमा कयान महासंघ दांग शाखाले घोराहीमा प्रभातफेरीको आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीले अहिलेका पढ़ाई सैधान्तिक मात्र भएको र प्राविधिक शिक्षा नै मुख्य आवश्यकता भएको बताउनु भयो । साथै सूचना प्रविधिले मात्र देश विकासमा सहयोग नपुग्ने बताउँदै सबै नागरीक प्रविधि भन्दा धेरै पछाडी रहेको र युग परिवर्तनका लागी प्रादेशिक शिक्षाको आवश्यक भएको हुंदा समय अनुसार सबै परिवर्तन हुन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा कयान महासँघका केन्द्रिय सदस्य रेशम गिरी ,कयान महासँघ दांगका सचिव कृष्ण ओली ,नेपाल पत्रकार महासँघ दांगका अध्यक्ष सविन प्रियासन लगायतले बोल्नु भएको थियो । कार्यक्रममा कयान महासँघक दांगका उपध्यक्ष कर्ण बहादुर पुन ले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण मोहन ओलीले गर्नु भएको थियो । Facebook Comments