ताजा अपडेट

सामुहिक रुपमा गरिने हरेक सकारात्मक क्रियाक्लापले समाजमा सकारात्मक सन्देश जाने : निर्देशक योगि

          |   109 Views   |   Published Date : 2nd May 2018 |

 31732196_1441628215942330_7081613219483090944_n

दाङ, बैशाख १९ । नेपाल महिला सामुदायिक सेवा केन्द्र शाखा कार्यालय घोराहीको लघुबित्त कार्यक्रमको केन्द्र प्रमुख बार्षिक समिक्षा गोष्ठि कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ।


लघुबित्त कार्यक्रम घोराही केन्द्रका सदस्य शारदा बुढाको अध्यक्षता तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र शाखाका प्रमुख कार्यकारी निर्देशक बिमला योगिको प्रमुख आतिथ्य एंव नेपाल महिला सामुदायिक सेवा केन्द्र शाखाका सहनिर्देशक शारदा शर्माको बिशिष्ट आतिथ्यमा केन्द्र प्रमुख बार्षिक समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल महिला सामुदायिक सेवा केन्द्रका बरिष्ठ फिल्ड कर्मचारी बिमला भट्टराईको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगिले सामुहिक रुपमा गरिने हरेक सकारात्मक क्रियाक्लापले समाजमा सकारात्मक सन्देश जाने बताउदै महिलाको पहिचान,महिला शसिक्तिकरणका साथै महिला स्वाबलम्बी बनाउनका लागी जिल्लामा लघुबित्त कार्यक्रमले मद्धत पुगाएको बताउनुभयो ।

सुझाब संकलन तथा प्रगति विवरण संकलन गरेको केन्द्र प्रमुख बार्षिक समिक्षा गोष्ठि कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका मेनका गिरी,यमला गौत्म,निश्चित अधिकारी,जनप्रतिनिधि देबा नेपाली लगायतले आफनो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि देवा नेपालीलाई सम्मान गरिएको थियो भने घोराहीमा रहेका उत्कृष्ट केन्द्रहरु तथा उत्कृष्ट ३जना ब्यावसायीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको छ यसरी सम्मानित हुनेहरुमा कृषक ब्यावसायी दिल कुमारी घले,दिलबहादुर क्षेत्री र कौशिला पन्त रहनुभयको छ । यसैगरी नेपाल महिला सामुदायिक सेवा केन्द्रका कर्मचारी सिता योगिलाई पनि उत्कृष्ट कर्मचारी बाबट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र संस्थाको ४०औ वर्ष पुरा हुदा लघुबित्त कार्यक्रम अन्र्तगत २सय२२वटा केन्द्र रहेकोमा अहिले केन्द्रवाट १७सय ४९जनाले नियमित रुपमा कर्जाको प्रयोग गर्दै आईरहेको छ । उक्त कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका शाखा प्रबन्धक प्रदिप पाण्डेयले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१