एउटा कुवाको भरमा दुईसय परिवार

रामपुर, पाल्पा । पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँभmोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी उपभोग गर्दै आइरहेको वडा नं ४ का वडासदस्य तीर्थबहादुर रानाले बताए । उनी आफैँ पनि खानेपानीको लागि गाउँगाउँमा पुगेर कुवामा पानी खोजेर जीविका चलाउँदै आएका छन् । नगरपालिकामा खानेपानी समस्याका विषयमा कुरा उठाए पनि अहिलेसम्म यस सम्बन्धमा सुनुवाइ हुन नसकेको उनको गुनासो छ । “नगरपालिकामा खानेपानीको समस्या समाधानबारे जानकारी गराउँदा सानो रकमले अपुग हुने भन्दै यसको वैकल्पिक व्यवस्थाका लागि केन्द्रबाट बजेट माग गर्ने भनेर आश्वासन दिइएको छ, यहाँका स्थानीयवासी भने खानेपानीले तड्पिरहेका छन्” उनले भने । गाउँमा बिजुलीको सुविधा पुगेको छ, लिफ्टिङ गरेर पानीको व्यवस्था गर्न सकिन्छ तर यस विषयमा जनप्रतिनिधि भने मौन रहेको स्थानीयवासी रामबहादुर राना बताउँछन् । यहाँका स्थानीयवासीले रातिको २ बजे नै उठेर कुवाको पानी खोजेर जीविका चलाउन बाध्य छन् । एक गाग्री पानीकै लागि दुईदेखि तीन घण्टाको समय बिताउनुपर्छ । खानेपानीको हाहाकारले घरायसी कामकाजमा निकै समस्या झेल्नु परेको मिट्ठु मल्लको भनाइ छ । बिहान उज्यालो नहँदै कुवा वरिपरि पानी खोज्नेको ठूलो ताँती देखिन्छ । पानीको समस्याले एक अर्काबीच गाउँमा … Continue reading एउटा कुवाको भरमा दुईसय परिवार