ताजा अपडेट

मजदुर दिवसका अबसरमा मैत्रीपुर्ण क्रिकेट प्रतियोगीता

          |   55 Views   |   Published Date : 2nd May 2018 |

दाङ |  नेपाल औषधी बिक्री प्रतिनीधि संघ दाङले मजदुर दिवसका अबसरमा मैत्रीपुर्ण क्रिकेट प्रतियोगीता गरेको छ । संघ अन्तर्गतका विवाहित र अविवाहितका बीच मैत्रीपुर्ण क्रिकेट प्रतियोगीता भएको हो ।

घोराहीको गुलरिया क्रिकेट मैदान भएको मैत्रीपुर्ण क्रिकेट प्रतियोगीतामा विवाहित समुहले ११ रनले विजयी भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको विवाहित समुहले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै एक सय ४८ रन जोडेको थियो । विवाहित समुहको तर्फबाट तुफान अधिकारीले ३५, राजन आचार्यले ३३, सञ्जय चौधरीले २२ र सागर शर्माले १७ रन जोड्नुभएको थियो ।

एक सय ४९ रनको लक्ष्यसहित मैदान उत्रिएको अविवाहित समुहले १७ ओभरको खेलमा सबै विकेट गुमाउँदै एक सय ३७ रन जोड्न सकेको थियो । अविवाहितको तर्फबाट रसिल थापाले ३७, जय चौधरीले ३१, लक्ष्मीनारायाण चौधरीले ३३ रन जोड्नुभएको थियो ।

मैत्रीपुर्ण खेल पश्चात नेपाल औषधी बिक्री तथा प्रतिनीधि संघले मोटरसाइकल ¥याली समेत निकालेको थियो । क्रिकेट मैदानबाट निकालीएको ¥याली दिपशिखा रोड भएर तुलसीपुर चोक, दामोदर चोक, बैंक रोड हुदै हस्पीटल रोड पुगेर कटहर बोट आएर समापन भएको संघका सचिव मनहरी थापाले जानकारी दिनुभएको छ

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१