मापदण्ड अनुकुल चल्दैनन् क्रसर , उद्योग नदि जन्य पदार्थको मनपरी उत्खनन्
दिवाकर पोख्रेल देउखुरी, बैशाख । दाङ देउखुरी क्षेत्रमा संचालित क्रसर उद्योग मापदण्ड अनुसार चल्न नसकेको पाइएको छ । जिल्ला तथा स्थानिय तहवाट अनुगमनमा जाँदा केही मापदण्ड अनुसार चले जस्तो देखिपनि अन्य समयमा मापदण्ड विपरीत नदीजन्य सामाग्री उत्खनन् गर्ने गरेको पाइएको हो । विशेषत देउखुरी क्षेत्रका राप्ती र अर्जुन खोलामा दर्जन वढी क्रसर उद्योग संचालनमा आइरहेका छन् । क्रसर उद्योगका कारण वातवरण प्रदुषण वढ्नुको साथै अनियन्त्रित तरीकावाट नदीजन्य पदार्थको दोहन हुंदा वातावरणीय प्रभावमा प्रतिकुल असर परेको पाइएको छ । विपद व्यवस्थापनको लागि देउखुरीका केही खोलावाट एक लाख घनमिटर सम्म नदी जन्य सामान गिट्टी उत्खन्न गर्ने अनुमति पाएका क्रसर उद्योग तथा व्यवसायीहरुले हाल सम्म कति परीमाणमा उत्खन्न गरे त्यसको वास्तविक रेकर्ड पाउन सकिदैन । अनुमति एक लाख घनमिटर भएपनि राप्ती खोलामै भ्याकु लगाएर ट्रिप्परमा लोड गरी क्रसर उद्योगमा पु¥याउने काम तिव्र रुपमा भइरहेको छ । विपत व्यवस्थापनको लागि एक मिटर २० सेन्टी मिटर देखि साडे एक मिटर सम्म उत्खनन् गर्ने अनुमतिलाई पालन गरेको पाइदैन ।अनुगमनमा क्रसर उद्योगले आवश्यक कागजात विना धेरै मात्रामा नदी जन्य सामाग्री स्टोर गरेको ,स्टोर गरीएको सामानको खरीद विवरण नभेटिएकोले त्यसको बारेमा जिल्ला समन्वय समितिले थप अध्ययन शुरु गरेको जिल्ला समन्वय समीतिका उप संयोजक श्रीधर शर्मा पौडेलले जानकारी दिनुभयो । नदीजन्य साम्रागीको दुरुप्रयोग भएको गुनासो आएपछि जिल्ला समन्वय समितिले … Continue reading मापदण्ड अनुकुल चल्दैनन् क्रसर , उद्योग नदि जन्य पदार्थको मनपरी उत्खनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed