ताजा अपडेट

विद्यार्थीको भबिस्यलाई सुनिश्चित गर्न अखिल क्रान्तिकारीले माग पत्र पेश

          |   74 Views   |   Published Date : 1st May 2018 |

 sss-3

 दाङ, बैशाख  ।   नेकपा निकट अखिल (क्रान्तिकारी) दाङले  घोराही, तुलसीपुर, लमहीमा रहेका शिक्षा शाखाहरुमा ५ बुढे मागपत्र बुझाएको छ ।

देशभर अबैध रुपमा संचालित अभिभावकको ढाड सेकिने गरि तथा विद्यार्थीको भबिस्यमाथी खेलवाड गर्दै आएका निजि विद्यालयलाई तत्काल खारेज गरि आम विद्यार्थीको भबिस्यलाई सुनिश्चित गर्न अखिल क्रान्तिकारीले माग पत्र पेश गरेको हो।

मागपत्रमा भनिएको छ, नागरिकले सहज र स्वतन्त्रतापुर्बक शिक्षा प्राप्त गर्न पाउने मैलिक अधिकारको खिल्ली उडाउदै यो देशका दलालहरुले शिक्षा क्षेत्र जस्तो पबित्र स्थललाई निजिकरण, दलालीकरण, ब्यापारीकरण, भ्रर्स्टिकरण, हुँदै अपराधीकरणको कृडास्थल बनाइरहेकोले अखिल क्रान्तिकारि दाङले घोरभर्त्सना गरर्दछ ।

अखिल क्रान्तिकारी दाङले आइबार दाङका ३ ठाउमा मागपत्र सहित कडा चेतावनी दिएको छ । यस अघी बुझाइएका मागपत्र लाई बेवास्ता गरेको बताउदै, माग सम्बोधनका लागि ७ दिनको अल्टिमेटम समेत दिएको छ । उक्त दिन सम्म बेवास्ता गरे अखिल क्रान्तिकारी दाङ कडा आन्दोलनमा उत्रिने उपाध्यक्ष अनिल केसीले जानकारी दिए ।

गत बर्ष पनि अखिल (क्रान्तिकारी) दाङले दाङ् लगाएत देशभरका निजि बिधालयहरुलाइ माग पत्र साथै कडा चेतावनी दिदै आएको थियोे ।

आइतबार घोराही उप-महानगरपालिका, नगर कार्यपालिका शिक्षा शाखा दाङमा पाँच बुँधे माग पत्र पेश गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङगठनले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१