ताजा अपडेट

देउखुरी खुल्ला व्यापी फुटबल प्रतियोगिता लमहीमा सुरु , ९ वटा टिमको सहभागि

          |   94 Views   |   Published Date : 1st May 2018 |

  Football55-627x376 देउखुरी,  बैशाख | लमहीमा देउखुरी खुल्ला व्यापी फुटबल प्रतियोगिता लमहीमा सुरु भएकोे छ । फुटबल प्रतियोगिता दाङ अनेरास्ववियूको क्षेत्र नं. १ देउखुरी दाङको आयोजनामा सुरु भएको क्षेत्र नं. १ का अध्यक्ष अनुपबुढा मगरले जानकारी दिनु भयो ।

अनेरास्ववियूको केन्द्रीय सचिव आरती लामा प्रमुख अतिथि, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको विशिष्ट अतिथि, दाङ जिल्ला अनेरास्ववियूका अध्यक्ष विरबल खड्का, विद्यार्थी फाट इञ्चार्ज पवन शर्मा रिजालको अतिथिमा सम्पन्न कार्यक्रममा नगरप्रमुख कुलबहादुर केसीले रेफ्रीलाई फुटबल हस्तान्त्रण गरि लमहीको भु.ज.वी मैदानमा दिउँसो ३ बजे खेलको उद्घाटन गर्नु भएको हो ।

सोहि अवसरमा बोल्दै नगर प्रमुख केसीले सबै खेलाडिहरु लाई खेलको नियममा रहि मर्यादा पूर्वक खेल्न आग्रह गर्नु भएको छ, र खेल क्षेत्रमा लमही नगरपालिकाले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । खेल लिक सिष्टम वाट खेलाइने छ, उक्त खेलमा जर्सी, लङ्ग मोजा र जुत्ता अनिवार्य रुपमा लगाउनु पर्ने छ ।

खेलमा प्रथम हुने लाई नगद रु २५ हजार शिल्ड मेडल र प्रमाण पत्र द्धितिय हुने लाई नगद रु १५ हजार र शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने अनेरास्ववियू क्षेत्र नं. १ देउखुरी अध्यक्ष अनुप बुढाले जानकारी दिएका छन् । खेल विहान ८ बजे र दिउँसो ३ बजे दिनमा दुई वटा भु.ज.वी मैदानमा खेल खेलाइने छ । खेलको एम्पाइरिङ्गमा उत्तम विष्ट रहनु भएको छ ।

आज भएको खेलमा आयोजकको तर्फ बाट शुभकामना युवा क्लव देउपुर र मजगाउँ विच भएको थियो र आज भएको शुभकामना युवा क्लव देउपुरले २–० को अन्तरले जित हासिँल गरेको छ । आज हुने खेलमा लमही (वि) रतनपुर ११ घोराही विच हुने भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१