ताजा अपडेट

” हाम्रो घरमा काम गर्ने कम्लहरी हो ”छोरीको जवाफ सुनेर गहभरी आँसु चुहाउँदै ती महिला गन्तव्य तिर लाग्छिन

          |   295 Views   |   Published Date : 28th April 2018 |

दीपक जी.एम.''आर्जव ''  कथा : ''देखावटीपन ''

ssss

समाजले विभिन्न किसिमका कुराहरु सिकाउने गर्छ ।कसैलाई राम्रो बाटो तिर लिएर जान्छ भने कसैलाई नराम्रो बाटो तिर ।लगाई खुवाई हरेक थोकमा मानिसहरु एकअर्काको देखासिकी गर्ने गर्दछन ।चासो पनि कति हद सम्मको हुने गर्छ मानिसहरुको की देखासिकीले मात्र नपुगेर रिस डाह समेत गर्न पछि पर्दैनन जसस्वरुप समाजमा देखावटीपनले तीव्र गति लिएको छ ।


” हांस्दै मीरा कलेज पुग्छिन,कलेजको गेट नेर साथीहरु सँग जमघट गर्दै बात मार्न थाल्छिन।त्यतिकैमा कुनै अधबैसे महिला कलेजको गेट नेर आउँछिन र हातमा रहेको एउटा टिफिनको डब्बा मीराको हातमा थमाई दिन्छिन अनि केही नबोली फर्किन लाग्दा मिराका साथीहरुले ”को हो मीरा ऊ..? भनी प्रश्न गर्छन अनि जवाफमा ” हाम्रो घरमा काम गर्ने कम्लहरी हो ” छोरीको जवाफ सुनेर गहभरी आँसु चुहाउँदै ती महिला गन्तव्य तिर लाग्छिन ।


दिनरात कडा भन्दा कडा मिहिनेत गरेर राधाले मीरालाई हुर्काएकी हुन्छिन,मीरा सानै छँदा उनको बुवाले घरमा कुनै जानकारी नदिएर छोरी तथा श्रीमतीलाई चट्टकै माया मार्दै कुकेलाम ठोकेको हुन्छ।तर पनि सँघर्ष गर्दै राधा छोरीको मुख हेरी अगाडि बढ्छिन । मीरा सानै देखी सारै मिजासिली र शुसिल थिइन तर उमेर अनुसार उनको हाउभाउमा परिवर्तन आउन थाल्छ ।जति गरिब भएपनि राधाले छोरीलाई राम्रो स्कुल तथा कलेजमा पढाएकी हुन्छिन त्यसैले मीरालाई कहिले पनि दुखको आभाष भएन ।

समय लगतै साथी संगतले मीरालाई पछ्याउन थाल्छ ,जसकारण मीराका आवश्यकताहरु बढ्न थाल्छन ।आफू भन्दा हाईफाई घरका केटाकेटीहरु सँग हेलमेल गर्दा गर्दै उनीहरूकै जीवनशैली अपनाउन थाल्छिन र देखासिकी गर्न थाल्छिन । छोरीमा आएको परिवर्तन देखेर राधा अचम्म पर्छिन र आफ्नो स्तरको बारेमा मीरालाई राम्रो सँग सम्झाउन थाल्छिन,”हामी सानो स्तरको मान्छे हो नानी ठूला बडा को संगत गर्नु हुदैन र उनीहरूको दाजोमा हामी कहिल्यै पनि पुग्न सक्दैनौ ,म एक्लैले कसरी तेरो सबै इछ्याहरु पूरा गर्न सक्छु र नानी त आफै भन त..!त्यसैले भनेको मान जे छौ जस्तो छौ त्यसैमा खुसी हुन सिक ”।

तर मीरालाई आमाले भनेका कुराहरुको कुनै प्रभाव पर्दैन।,बेवास्ता गर्दै दिनप्रतिदिन आमा सामु यो चाहीयो त्यो चाहियो भनेर जिद्दी गर्न थाल्छिन ।जसकारण राधा सारै दुखी हुन पुग्छिन ।आफूले भनेका कुराहरु पूर्ति नँहुदा मीरा आफ्नी आमा सँग बोल्न पनि छाड्छिन ।
कलेजमा उनी घरबाट नै बोकी ल्याएको खाजा खाने गर्थिन तर साथीहरुले क्यान्टिनमा गएर खाजा खाने गर्दथे।

”जाउँ मीरा आज क्यान्टिन तिर खाजा खान भन्दा उनी सधै कुनै न कुनै बहाना बनाउने गर्थिन र आफूले बोकी ल्याएको टिफ्फिन कलेजको एक कुनामा गई लुकी लुकी खाने खाने गर्थिन । साथीहरुले बोकेका महंगा मोबाइल देखेर आफ्नो सानो मोबाइल समेत देखाउंन लजाउँथिन, यसरी दिनहरु बित्दै जाने क्रममा मीराको सँगै पढ्ने साथी सन्तोष सँग ठ्यक्ठुक पर्न जान्छ ।

सन्तोष ठूलो परिवारको एक्लो छोरो हुन्छ ,सधै बाइकमा कलेज आउने जाने गर्छ ।दिनहूं हेराहेर गर्ने क्रममा सन्तोष र मीरा बीच घनिष्ठता बढ्दै जान्छ । सन्तोष ठूलो घरको भएता पनि कसैसँग पनि कुनै भेदभाव राख्दैनथ्यो तर मिराले सम्बन्ध विस्तारका लागी झुठको खुट्किला बोकेकी थिइन,बिचरा सन्तोष यी सबथोक देखि अन्जान थियो ।
एकदिन कलेज बिदा पछि सन्तोष र मीरा बात मार्दै घर जाने क्रममा बाटोमा मानिसहरुको घुइँचो लागेको हुन्छ ,के रहेछ भनी सन्तोष भीडलाई चिर्दै हेर्ने क्रममा एकजना महिला साइकिल बाट लडेर घाइते भएकी हुन्छिन। ”बिचरा भन्दै सन्तोष महिलालाई उठाउँन सघाउँछन तर मीरा भने मौन भई उभिएकी हुन्छिन ।ती महिला अरु कोही नभएर मीराकी आमा राधा हुन्छिन ।

छोरीको आफू प्रती कुनै सहानुभूति नदेखेर आँखा बाट बर्बर आँसु खसाल्छीन साथै बिस्तारै बाटो तताउछीन”सन्तोष मीरालाई हेर्दै” कस्तो नमज्जा सँग चोट लागेको रहेछ ती महिलालाई कस्ता निर्दयी रहेछन यहाका मानिसहरु सहयोगको भावना पनि नभएका…! मीरा चुपचाप सन्तोषले भनेका कुराहरु सुनी रहन्छिन ।

” के भयो भन्दै सन्तोषले मीरालाई झसँग बनाउँछ ” केही होइन ल जाउँ घर तिर भन्दै सन्तोषको हात समाउँदै दुवैजना अघि बढ्छन । केही पर पुगेपछि दुवैजना छुटिन्छन । मीरा घर पुग्न साथ आमाको कोठामा पुग्छिन ”कसरी चलाएको साइकिल आउँदैन र..जहिले केही न केही नाटक भएकै हुन्छ तपाईको ”
राधा केही बोल्दैनीन ”अय्या अय्या गर्दै कोल्टो फेर्छिन । छोरीको दिनप्रतिदिनको अभद्र व्यवाहारले राधालाई भित्र भित्रै खान थाल्छ तर पनि छोरीको खुसी मै आफ्नो खुसी सोचेर उनी आफूलाई सम्हाल्न थाल्छिन । समय सँगै बिस्तारै राधामा सुधार आउन थाल्छ अनि उनी फेरि दिनरात कडा भन्दा कडा परिश्रम गर्न थाल्छिन । मिरा आफ्नी आमाले गरेका त्याग दुख कष्टहरु सब बिर्सन्छिन र दिनहूं आफ्नो बेग्लै सँसार बनाई साथीहरु सँग रम्न थाल्छीन ।

यसैक्रममा एकदिन सन्तोषले मीरा अनि राधालाई एकसाथ बजारमा जादै गरेको देख्छ र केही दिन अगाडी साइकिल बाट लडेको महिला सँग मीरालाई यसरी सँगै बात मार्दै गरेको देखेर अचम्म पर्छ । भोलिपल्ट कलेजमा मीरालाई प्रश्न गर्छ ” हिजो तिमीसँग भएको महिला को हुन अनि कसरी चिन्यौ..? अक्मकाउदै जवाफ दिन्छिन” कोही होइन छिमेकी हो ” दंग पर्दै संतोष बोल्छ ”अस्तिन त्यही महिला साइकिल बाट लडदा चाही किन कुनैपनि प्रतिकृया जनाएनौ”!

सन्तोको कुरा सुनेर मीरा निशब्द हुन पुग्छिन,केही नबोली एकोहोरो बाटो तिर टोलाउन थाल्छीन । मीरालाई यसरी चूप्पि सादेको देखेर सन्तोष गहिरो सोचमा पर्न जान्छ अनि केही नबोली कलेज भित्र छिर्छ ,मीरा रातो अनुहार बनाउदै घर तिर कदम बढाउछिन । घर पुगेर रिसले झोला एक कुना तिर हुत्याउछिन र आफैंमा भुनभुनाउन थाल्छिन ,राधा छोरीको करामत लाई राम्रै सँग नियाली रहेकी हुन्छीन।
भोलिपल्ट मीरा बिहानै बाहिर निस्किन लाग्दा टेबलमा राखेको सानो गिफ्ट बक्समा उनको आँखा पर्न जान्छ अनि बिस्तारै गिफ्ट बक्स खोलेर हेर्न थाल्दा उनको खूसिको सीमा रहँदैन किनकी त्यो बक्समा एउटा राम्रो मोबाइल र घड़ी हुन्छ ।खुसीले घरको चारैतिर नजर दौडाउन थाल्दा आफ्नी आमालाई आँगनमा लडेको देख्छीन ,क्षणभरमै खुसी दुखमा परिणत हुन पुग्छ । दौडिंदै आमाको नजिक पुग्छिन”के भयो आमा भन्दै रुन थाल्छीन।
”आमा आमा भन्दै हल्लाउन थाल्छीन तर राधा बाट प्रतिकृया आउँदैन ,यसरी झन आतिदै रुन कराउन थाल्छीन । केही समय पश्चात आमालाई अस्पताल पुर्याउछिन ,डाक्टर बोल्दै ” आवश्यक भन्दा धेरै काम गर्नु हुदो रहेछ,कमजोरीले गर्दा लड्नु भएको हो ,शरीरमा रगतको मात्रा एकदम कम रहेछ त्यसैले तुरुन्त रगतको व्यवस्था मिलाउनुस भन्दै मीरालाई जोड़ गर्नु हुन्छ । मीरा आँखा बाट आँसु पुछ्दै खल्तीमा हात हाल्छिन तर पर्याप्त पैसा हुदैन जसकारण दुखी हुन पुग्छिन।

भनिन्छ नि जसको कोही हुदैन उसको भगवान हुन्छ भनेर…हो त्यसरी नै कलेजमा मीरालाई नदेखे पछि सन्तोषले मीराको घर पता लगाउँछ अनि छिमेक बाट अस्पताल गएको भनी थाहापाए पछि कत्तिपनि ढिला नगरी अस्पताल पुग्छ जहा मीरा दुखी हुदै यताउता गरिरहेकी हुन्छीन । मीराको नजर सन्तोष माथि पर्न जान्छ अनि आशाको एउटा दियो बल्छ जसस्वरुप खुसी हुदै नजिक पुग्छिन। ”के भयो भन्दै सन्तोषले मीरालाई प्रश्न गर्छन,जवाफमा मिराले वृतान्त बताउँछिन ।

रत्तिभर पनि ढिला नगरी सन्तोषले पैसा तथा रगतको व्यवस्था मिलाउछन । केही समय लगतै राधालाई होस आउँछ । मीरा खुसी हुदै आमाको नजिकै गई बस्छीन र आमा सामु माफी माग्न माग्छीन ” मलाई माफ गरीदीनुस आमा ,मेरो आँखामा देखाउटिपनको पट्टी बाधिएको थियो जसले गर्दा मैले तपाईलाई नानाथरीका शब्दहरु प्रयोग गरे र धेरै दुख दिए , मलाई केही पनि चाहिदैन आमा..मात्र हजुर भए पुग्छ ” ।

छोरीले गरेको पश्चाताप अनि छोरीको यस्तो दया लाग्दो रूप देखेर राधा सहन नसकी आँखा बाट बर्बर आँसु खसाल्दै छोरी मीरालाई अँगालोमा कस्छिन ।

सन्तोष यो सब हेरिरहेको हुन्छन,मीराले गरेको पश्चाताप प्रति सन्तोषले सकारात्मक भावना प्रकट गर्छन साथै आमा छोरीको एकअर्का प्रतिको लगाव तथा माया देखेर सन्तोषको आँखा बाट पनि आँसुका थोपाहरु छछलकिन्छन |

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१