तीन युवतीसहित होटल सञ्चालक पक्राउ
नवलपरासी– बेश्यावृत्ति धन्दा सञ्चालन गरेको आरोपमा नवलपरासीको सुनवल– १२ बाट प्रहरीले होटल सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले तीन युवतीसहित त्रिदेव रेष्टुरेण्ट एण्ड बारका सञ्चालक देवबहादुर थापा मगर र यमुना गुरुङले पक्राउ गरेको हो। होटलमा तीन युवतीलाई कामदारको रुपमा राखिएको र उनीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका उपर प्रहरीले मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कारबाही अघि बढाइएको छ। स्थानीयको सूचनाका आधारमा प्रहरीले बुधबार होटलमा छापा हानेको थियो। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed