विद्यालयमा स्टेशनरी सामाग्री हस्तान्तरण
यमकला भुसाल तुलसीपुर, बैशाख । एभरेष्ट बैंक लिमिटेड दाङ शाखाले नयाँ वर्षको अवसरमा सस्थाँगत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तुलसीपुर १२ क्वाङ्गीमा रहेको जनकल्याण प्राविलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छ ।
शाखाले बिहिवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि कापी, कलम, फुटबल लगाएतका स्टेशनरी सामाग्री हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोमबहादुर चौधरीको अध्यक्षतामा कार्यक्रमलाई सम्बोधन गर्दे एभरेष्ट बैंक लिमिटेड दाङ शाखाका प्रमुख सन्तोस सिग्देलले सामाजिक उत्तरदायित्व वहन गर्नका लागी यो अभियान थालेको बताउनुभयो ।
पछिल्लो समय सामुदायीक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दो क्रममा रहेको र यसलाई माथी उठाउनका लागी एभरेष्ट बैकं शाखाले नेपाल भरीका विद्यालयहरुमा यस्ता कार्यक्रमहरु गर्दे आएको उहाले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १२ का वडा अध्यक्ष सुर्य बहादुर डागीँले, समाजसेबी रोबर बहादुर बस्नेत, एभरेष्ट बैंक लिमिटेड दाङ शाखा ऋण अधिकृत गिरिराज अधिकारी, वाई सि एल नेता माधब बुढाथोकि लगाएतले मन्तव्य राखेका थिए ।
बैशाख १ गते देखि सुरु भएको यो अभियान बैशाख १५ सम्म जारी रहने जनाइएको छ । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राम बहादुर केसीले गरेका थिए ।

Leave a comment