कहिले हुन्छ धुलो नियन्त्रण ?
सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने ट्रिपरहरुले उडाएको धुलोका कारण आफूहरु खान, बस्न र हिडडुल गर्न समेत नसक्ने अवस्था आएको भन्दै आन्दोलीत बनेका छन् । साथै बंगलाचुली गाउँपालिकाले समेत उद्योगलाई धुलो नियन्त्रणका लागि खवरदारी गर्दै आएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले घोराही मुर्कटी सडक खण्डमा उत्पन्न भएको धुलोको निर्घकालीन रोकथामका लागि सबैपक्षले ध्यान दिनुपर्ने बताउनु भएको छ ।
यसैविच बंगलाचुली गाउँपालिकाका स्थानीयले धुलो नियन्त्रण नहुँदा सम्म उद्योगको चुनढुङ्गा बोक्ने सवारी आवागमनमा समेत रोक लगाउने भन्दै सडकमा आएका थिए । तर समस्यालाई सहज बाटोबाट समाधान गर्न भन्दै विहिवार जिल्ला प्रहरी कार्यालय घोराहीमा प्रहरी प्रमुख दुर्गासिह चन्द, बंगालाचुली गाउँपालिका जनप्रतिनिधी, घोराही सिमेन्ट उद्योग, ट्रिपर व्यवसायी समिति र आन्दोलीत स्थानीयहरुको विचमा छलफल समेत भएको छ ।
सो छलफलबाट आन्दोलित स्थानीयवासीले उठाएको मागको सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी सहीत सम्बन्धीत सरोकारवाला पक्षहरुको विचमा वैशाख २२ गते शनिवारका दिन बंगलाचुली गाउँपालिकामा छलफल गर्ने सहमति भएको छ । अहिले धुलो उत्पन्न भएको सडकमा पानी चारेर टिप्पर संचालन गर्ने सहमति भएको छ ।
नेपालको सविधान २०७२ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । भनिएपनि अहिले घोराही मुर्कुटी सडक खण्डमा यात्रा गर्ने यात्रु र सो ठाउँमा बसोवास गर्ने जनताले त्यसको कुनै महसुस समेत गर्न पाएका छैनन् । बंगलाचुली गाउँपालिका का प्रत्यक स्थानीय प्रत्येक सास सास र गाँस गाँसमा धुलो निलेर बाँच्न बाध्य भएका छन् ।
दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ४ मा घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन क्षेत्र रहेको छ । सो चुनढुङ्गा ओसार्न दैनिक घोराही मुर्कटी सडक खण्डमा करिव दुई सय ट्रिप्परहरु संचालनमा रहेका छन् । त्यी ट्रिप्परहरुले उडाउने धुलो बस्न वाध्य भएका छन् । तर घोराही मिसन्ट उद्योगले जनताको स्वाथ्यलाई कुनै पनि हिसावले ख्याल नगरेको घोराही मुर्कटी सडक खण्डका आसपासमा बसोवास गर्दै आएका जनताले गुनासो छ ।
उनिहरुका अनुसार अहिले सडकमा पैदल ओहोर दोहोर गर्न निकै कठिन भएको छ । भने स्कुले वालवालीकाहरुलाई सो वाटो भएर हिड्न निकै सास्ती भएको छ । धुलोका कारण वनजंगल पुरै सेताम्य भएको छ भने रुख विरुवाको पातसमेत देखिदैन । जसका कारण गाईवस्तुलाई घाँस खुवाउन समेत समस्या भएको छ । भान्सामा धुलै धुलो छ अनि सुत्ने विस्तारामा समेत धुलोका कणहरुले भरिएका छन् ।


Leave a comment