ताजा अपडेट

दाङ महिला जेसिजको सप्ताहब्यापी कुर्सी दौड प्रतियोगिता सम्पन्न

          |   227 Views   |   Published Date : 25th April 2018 |

31042775_890219537829785_622295509_o

 दाङ,बैशाख १२ |  दाङ महिला जेसिजले सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज कुर्सी दौड प्रतियोगिता सम्पन्न गरेको छ ।


दाङ महिला जेसिजका अध्यक्ष डोमा पाण्डेयको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका सदस्य तिलक रावतको प्रमुख आतिथ्यमा एंव दाङ फुटबल संघका सचिब नरेन्द्र पुनको विशिष्ट आतिथ्यमा सम्पन्न उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि रावतले लोपोन्मुख अवस्थामा रहेको खेललाई दाँङ महिला जेसिजले प्राथमिकताका साथ युवा तथा बालबालिकाहरुका माझमा जिवन्त बनाउने कार्य गरेकोमा धन्यावाद दिदै खेलले कुनैपनि देशको आर्थिक र सामाजिक प्रतिष्ठालाई जोड्ने हुदा खेलको बिकासमा लाग्न रावतले अनुरोध गर्नुभयो ।


यसैगरी कार्यक्रममा बोल्दै बिशिष्ट आतिथि दाङ फुटबल संघका सचिब नरेन्द्र पुनले कुनैपनि खेलले हरेक ब्यक्ति–ब्यक्तिको भावना सँग जोडिने हुदा कुनैपनि खेललाई राज्यले उचित संरक्षणका साथ जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो ।

कुर्सी दौड कार्यक्रमका संयोजक उमा सुबेदीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा त्रिभुवननगर जेसिजका अध्यक्ष लालमणी भण्डारी,नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष बिणा बि.सी.लमही नगर जेसिजका अध्यक्ष खेमराज घिमिरे,तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारी,दाङ महिला जेसिजका कार्यकारिणी उपाध्यक्ष बिष्णु थापा लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

जेसी मंगला राणाले आस्थापाठ गराउनुभयको कार्यक्रमको सहजीकरण महासचिब जेसी ममता बिष्टले गर्नु भएको थियो ।
यसैगरी कुर्सीदौड प्रतियोगिता कार्यक्रममा दाङ महिला जेसिजका उपाध्यक्ष उमा सुवेदी पं्रथम, दाङ महिला जेसिजका कार्यकारिणी उपाध्यक्ष शारदा घर्ति द्धितिय,लमही नगर जेसिजका फणाधार ढकालले तृतिय स्थान र तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारीले सान्तवना स्थान हासिल गर्न सफल हुनुभएको थियो । बिजेता प्रतियोगिहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिएको थियो

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१