दाङमा एक वृद्धले गरे आत्महत्या , एक पुरुष मृत भेटिए
तुलसीपुर, बैशाख । दाङमा एक पुरुष मृत फेला परेका छन । प्युठान सरुमारानी गाँउपालिका निवासि अन्दाजि ४५ बर्षका मोते घर्ति मृत फेला परेका इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । उनि राप्ती गाँउपालिका ३ मसुरीयामा मृत अवस्थामा आज विहान फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ । उनको मृत्यको कारण नखुलेको जनाइएको छ । यस्तै,झुण्डीएर एक जनाले आत्महत्या गरेका छन । राप्ती गाँउपालिका ४ मझनिगढमा रहेको शान्ती सामुदायिक बनमा सोहि ठाउ बस्ने बर्ष ७० को फत्त बहादुर खड्काले झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed