जिल्ला समन्वय समिति ले दाङमा अनुगमनलाई थप प्रभावकारी बनाउने

दाङ, बैशाख  । जिल्ला समन्वय समिति दाङको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन निर्णय गरेको हो । संविधानले नै जिल्ला समन्वयलाई समन्वय र अनुगमनको जिम्मा दिएको छ । त्यो आधारमा जिल्लामा अनुगमन भैराखेको र त्यो कार्यलाई थप प्रभावकारी बनाउने निर्णय भएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले वताउनुभयो । त्यस्तै बैठकले दाङ जिल्ला सल्लाहकार परिषदमा राख्ने विज्ञहरु आउदो बैठकले चयन गर्ने निर्णय गरेको छ । बैठकले बबई गाउँपालिका वडा न ७ ले कालितारामा संकलन गरी राखेको ढुङगाहरु सम्बन्धित गाउँपालिकाबाट मुचुल्का प्राप्त भएपछि कारवाही प्रकृया अघि बढाउने निर्णय गरेको छ । जिल्ला समन्वय समितिबाट प्रकृयागत रुपमा म्याद थप भई अनुमति दिइएका ढुङगा गिटटी बालुवाको व्यवस्थापनको अनुमोदन गर्ने र जिल्ला समन्वय समितिको स्वीकृत दरबन्दी भन्दा बढि भएका कर्मचारीहरुलाई स्थानीय तहमा पठाउने निर्णय बैठकले गरेको छ । यसैगरेर विपत व्यवस्थापन अन्तर्गत स्वीकृत भई काम शुरु भएका ग्वार खोला र राप्ती नदीको काम तत्तकाल रोक्ने निर्णय समेत बैठकले गरेको छ । राजश्व सम्बन्धित नगरपालिकाले उठाउने गरी व्यवस्थापन गरिएकोमा आजसम्म राजश्व एकिन नभएको र राजश्व उठने सुनिश्चता नभएकोले तत्तकालको लागि नदि जन्यपदार्थ उत्खनन र ओसार प्रसार सोमवारवाट रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी गौतमले वताउनुभयो । … Continue reading जिल्ला समन्वय समिति ले दाङमा अनुगमनलाई थप प्रभावकारी बनाउने