ताजा अपडेट

बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते

          |   123 Views   |   Published Date : 24th April 2018 |

बैशाख, सुर्खेत | नेपालगंज सडक खण्डमा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा घाइते भएका छ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

नेपालगंजबाट सुर्खेत आउँदै गरेको भे१ख १६९७ नम्बरको फोर्स हायस गाडी र विपरीत दिशा सुर्खेतबाट नेपालगंजतर्फ जाँदै गरेको भे१ख २२६७ नम्बरको बस रत्न राजमार्गको सत्तरी भन्ने स्थान नजिक आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका हुन्।

गम्भीर घाइते हुनेहरूमा विरेन्द्रनगर नगरपालिका- ६ का १४ वर्षीय अनुराग सोनी, सााेही नपा- ८ का १९ वर्षीय टेक ढकाल, रुकुम उत्तरगंगा गाउँपालिकाका २१ वर्षीय जनार्दन बुढा, गंगाबहादुर घर्ती, सुर्खेत सिम्ता- १ का विनोदसिंह ठकुरी, विरेन्द्रनगर- ११ का २७ वर्षीय वीरबहादुर विक, कालीकोट नरहरिनाथ गाउँपालिकाका पाँच वर्षीय अंकित विष्टलगायतका रहेका छन्।

घाइतेको स्थानीय अस्पताल र नर्सिङ होमहरूमा उपचार भइरहेको छ। तीन जना घाइतेकाे उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१