ताजा अपडेट

धूलो नियन्त्रणको माग गर्दै दुई दिनदेखि बाटो बन्द

          |   119 Views   |   Published Date : 24th April 2018 |

banda-660x330

दाङ, बैशाख ११ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका स्थानीयले धूलो नियन्त्रणको माग गर्दै दुईदेखि बाटो बन्द गराएका छन्। राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाका स्थानीयहरूले धूलो नियन्त्रयणको माग गर्दै दुई दिनदेखि सडकमै धर्ना बसेका छन्।

स्थानीय ऐरावती क्याम्पस रोडमा नदीजन्य पदार्थ ओसार्न गुड्ने दर्जनौं ट्रिपर र ट्याक्टरले गर्दा सडकखण्ड धूलाम्मे बनेको छ जसले गर्दा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा त्यसको नियन्त्रण गर्न भन्दै स्थानीयले बाटो बन्द गराएका हुन्।

आदर्श टोल सुधार समितिको नेतृत्वमा स्थानीय सडकमै धर्ना बसेका छन्। आन्दोलनकारी लालमणी भुसालले बाटो ग्राभेल नगर्दासम्म र धूलो नियन्त्रणका लागि दैनिक पानी नहाल्दासम्म बाटोमा गाडी गुड्न नदिने बताए।

‘बाटो ग्राभेल गरिदिने र दैनिक बाटोमा पानी हालेर धूलो नियन्त्रण गर्ने सहमती भएको हो। तर, आज ट्रिपर सञ्चालकले त्यो सहमति पालना गरेको छैन’, भुसालले भने।

नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग गर्दै आइएका दर्जनौं ट्रिपर र ट्रयाक्टरको ओहोरदोहोरले सडकखण्ड धुलाम्मे बनेपछि आफूहरू त्यो नियन्त्रण हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१