ताजा अपडेट

दांग महिला जेसीज द्वारा दृष्टिविहीन परिवारलाई सामग्री सहयोग

          |   282 Views   |   Published Date : 24th April 2018 |

 31206241_1431349966969030_3823911895908220928_n

दांग,बैशाख ११ । दांग महिला जेसिजले दृष्टिविहीन परिवारलाई सहयोग गरेको छ । दांग महिला जेसीजको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन तुल्सीपुर बसोबास गर्दै आएका दृष्टिविहीन परिवारलाई नगद तीन हजार र खाद्दान्न सामग्री सहयोग गरेको छ ।

प्रत्येक वर्ष झै यो वर्ष पनि दांग महिला जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको छ ।दांग महिला जेसीजको पहिलो दिन सप्ताहव्यापी कार्यक्रमको समुद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ,त्यसैगरी दोश्रो दिन रेडक्रसमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।

तेस्रो दिन मंगलबार तुल्सीपुरमा एक कार्यक्रमको आयोजना गरी दांग महिला जेसीजले दृष्टिविहीन परिवारलाई नगद तथा खाद्दान्न सामग्री सहयोग गरेको थियो । कार्यक्रममा आँखा अस्पतालका डा. सुलक्ष्मी कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रमको शुभारम्भ जेसी उमा सुवेदीको आस्थापाठ बाट गरीएको थियो भने स्वागत मन्तव्य जेसी समिता गौतमले दिनु भएको थियो ।

दांग महिला जेसीजकी अध्यक्ष जेसी डोमा पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दांग महिला जेसीजकी महासचिव जेसी ममता विष्टले गर्नु भएको थियो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारी,तुल्सीपुरनगर जेसीजका अध्यक्ष दिपेश भण्डारी,त्रिभुवननगरका पुर्व अध्यक्ष सुशील प्रकाश आचार्य,नेत्र अधिकृत शालिकराम गौतम लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१