ताजा अपडेट

जनप्रतिनिधिमा ‘विप्लव’ आतंक

          |   102 Views   |   Published Date : 24th April 2018 |

1

दाङ, बैशाख  । नेपाल कम्युनिष्ट पार्टीले जनप्रतिनिधिहरुको कामलाई अबरोध गर्ने गरि आफ्ना गतिविधिहरु सञ्चालन गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका चार स्थानिय तहका प्रमुखहरुको राजिनामा माग गर्दै जनप्रतिनिधिहरुलाई असुरक्षित बनाउने गतिविधि गरेको जनप्रतिनिधिहरुले बताउछन् ।

संघीय प्रणाली अनुसार निर्वाचित जनप्रतिनिधिहरुले काम सुरु गरेको करिब एक वर्ष पुग्न थालेको छ । तर विप्लवले नेतृत्व गर्दै आएको नेपाल कम्युष्टि पार्टी दाङको जनपरिषद्ले जनप्रतिनिधिहरुको राजिनामा माग गरेको छ । दाङका ४ गाउँपालिका अन्तर्गत दंगीशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई पत्र बुझाएको छ ।

थारुवान स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद दाङका कार्यालय सचिव भगवान भौधरीद्वारा हस्तारित राजीनामा दिनेबारे पत्रमा जनप्रतिनिधिहरुले जनताले थेग्न नसक्ने गरी कर लागु गरेर ढाड भाँचिने अबस्था सुरुवात गरेको उल्लेख छ ।

पार्टीका जिल्ला सेक्रेटरी विक्रमले ईतिहासकै सबै भन्दा भ्रष्ट भएको बताउनुभयो । ‘जनताले सबै भन्दा ठुलो आसा र भरोसाको रुपमा जिताएर पठाएका जनप्रतिनिधिहरुले जनतालाई सेवा सुविधा प्रदान गर्नुको साटो जनतालाई नै अफ्ठेरोमा पारेको छ ।’ फोनमा विक्रमले भन्नुभयो, ‘अहिले स्थानिय तहहरुले एक हजार प्रतिशत कर बृद्धि गरेर जनताको ढाड भाँच्न खोजेको छन् ।’

उहाले जनताबाट आफुहरुलाई लिखित रुपमा समस्याहरु आएपछि राजिनामा माग गरेको बताउनुभयो । ‘पदमा बसेर जनताको पक्षमा काम गर्न सकिदैन भने पदमा नबस्दा नै राम्रो हुन्छ भन्ने हाम्रो भनाई हो ।’ जिल्ला सेक्रेटरी विक्रमले भन्नुभयो ।

पत्रमा भनिएको छ– ‘विभिन्न शिर्षक उपशिर्षक खडा गरि चर्को कर असुल गर्ने १०० रुपैयाँ सम्मको पुरानो करलाई १००० देखि १०००० सम्म पुर्याएर नेपाली जनताको ढाड सेक्ने काम भइरहेको छ । विकास निर्माण लगायत समितिहरुमा आफ्नै श्रीमान श्रीमत लगायत नजिकका नातागोतालाई समितिको प्रमुख बनाउने कामले जनप्रतिनिधि भनिएकाहरुको नियत कस्तो छ ? भन्ने कुरा दिनको घाम जतिकै छर्लङ्ग छ ।’
दंगीशरण गाउँपालिकाका अध्यक्ष खोपीराम चौधरीले यस विषयमा कुनै प्रतिक्रिया जनाउन चाहनुभएन । राजीनामा बारेमा पत्र प्राप्त भएपनि यो विषयमा आफुले कुनै प्रतिक्रिया जनाउन आबस्यक नभएको बताउनुभयो । यता लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले यसबारेमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । आफु जिल्ला बाहिर रहेका कारण कस्ले, के कति कारणले राजिनामा माग्यो भन्ने बारेमा कुनै जानकारी नभएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जनताको काममा अबरोध गर्न खाजेको टिप्पणी गर्नुभयो । जनताको माझबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको राजिनामा माग गर्ने अधिकार अहिले कुनै कसै संग नभएको भन्दै जिसस प्रमुख नेपालीले आफुले हिडेको बाटो सच्याउन समेत सुझाव दिनुभयो ।

‘जनताको रक्षा गर्न र सेवा गर्नका लागि जनप्रतिनिधिहरु निर्वाचित भएर आएको अबस्थामा कसैले राजिनामा माग्दैमा दिने कुरै हुदैन ।’ प्रमुख नेपालीले भन्नुभयो, ‘माग्नेले माग्न पाउछ, तर यो राजिनामा माग्ने भन्दा पनि जनप्रतिनिधिहरुलाई डर देखाउन खोजिएको छ ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१