ताजा अपडेट

सरकारी विद्यालयमा बालबच्चा भर्ना गर्न आग्रह

          |   77 Views   |   Published Date : 23rd April 2018 |

school

घोराही,  बैशाख  | घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका राजनितिक दल, जननिर्वाचित प्रतिनिधी र सरकारी कर्मचारीहरुलाई सरकारी विद्यालयमा बालबालिकालाई भर्ना गर्न आग्रह गरेको छ ।

सरकारी विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउदै आकर्षणको केन्द्र बताउनुपर्ने भन्दै उपमहानगरले सबै सरोकारवालाहरुलाई सरकारी विद्यालयमा बालबालिका भर्ना गराउन आग्रह गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले भर्ना अभियान कै चरणमा नगर क्षेत्रका राजनितिक दल, जनप्रतिनिधी र सरकारी कर्मचारीहरुलाई आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न आग्रह गरेको हो ।

सरकारी विद्यालयको बिश्वस्नीयता गुम्न लागेको निष्कर्ष निकाल्दै घोराही उपमहानगरले शैक्षिक गुणस्तर कायम गर्न सबै लाग्नु पर्ने बेला आएको बताएको छ ।

शैक्षिक लगानीमा धेरै रकम खर्च भए पनि उपलब्धी सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै बैठकले शैक्षिक गुणस्तरीयता कायम गर्न नियमिति प्रभावकारी अनुगमन र सुपरिबेक्षणलाई कडाई गर्ने समेत बैठकले निर्णय गरेको प्रबक्ता भरत अर्यालले जानकारी दिनुभयो ।

सरकारी विद्यालयमा बिश्वास जगाउन आबस्यक रहेको भन्दै उहाँले त्यसका लागि गुणस्तरीय शिक्षा कायम गर्ने र सबै सरोकारवालाहरुलाई आफ्ना बालबच्चालाई विद्यालय भर्नामा प्रोत्साहित गर्ने बताउनुभयो ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१