राप्तीमा भवन निर्माण आँचार संहिता प्रस्ताव

. तिर्थराज ज्ञवाली  बैशाख, मसुरीया दाङ |राप्ती गाउँपालिको क्षेत्रभित्र बाटो, नदि, खोला, कुला,धार्मीक स्थल, विद्यालय, सार्वजनिक जग्गा को परिधिमा भवन निर्माण आँचार संहिता तोक्नको लागि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आयोजनामा आयोजित अभिमुखीकरणमा राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारीहरुलाई भवन निर्माण आँचार संहिता मापडण्ड लागुगर्नका लागी छलफल गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभएको छ । राप्ती गाउँकार्यपालिका सदस्यहरुले ९ वटै वडाको विस्तृत जानकारी दिदै वडाहरुमा रहेका बाटो, नदि, खोला, कुला, धार्मीक स्थल, विद्यालय, सार्वजनिक जग्गाहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । राप्ती गाउँकार्यपालिका सदस्यहरुले प्रस्तावका लागि आगामी दोस्रो गाउँसभामा पेश गर्ने गरि ६ देखी ९ मीटरको वाटोलाई १.५ मिटर सेट ब्याक छोड्ने गरि भवन निर्माण गर्ने साथै ,१० देखी १४ मिटर बाटो रहेकोमा २ मिटर, १५ देखी २० मिटर बाटोमा २.५ मिटर प्रस्तावित चक्रपथको वाटोमा २० मिटरबाटोमा २.५ मिटर र सहायक बाटो ५० मिटर लम्वाई रहेका बाटो ४ मिटर र सेट ब्याक १.५ मिटर राख्ने आवासीय भवनको बाटोदेखी सेट ब्याक १.५ अगाडी पछाडी राख्नुपर्ने, शैक्षिक भवनको ५ मिटर अगाडी पछाडी ३ मीटर, राप्तीनदि देखी घरको सेटब्याक १५ मिटर, नदि नाला खोलादेखीको सेटब्याक खोलाको प्रकृतिको आधारमा ५ देखी १० मिटर, नहरदेखी सेटब्याक ५ मिटर खेति कुलो देखी सेटब्याक १ मिटर, पनफेकुवा देखी १.५ मिटर मन्दिर … Continue reading राप्तीमा भवन निर्माण आँचार संहिता प्रस्ताव