बुटवलमै खोप भण्डार केन्द्र सुरु
बुटवल, बैशाख १० । बुटवल उप महानगरपालिकाले खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ । खोपको सुरक्षित भण्डार गर्दै उप महानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्रहरुमा वितरण गरिने छ । यो केन्द्र सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा राखिएको छ । यसअघि खोप लिन भैरहवा जानुपर्ने थियो । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख शिवरा सुवेदीले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्राइँ नगर्न आग्रह गरे । प्रमुख सुवेदीले खोप भण्डारण केन्द्रको स्थापनाले नगरलाई स्वास्थ्यको क्षेत्रमा थप आत्मनिर्भर बनाएको पनि बताए । उप महानगरमा रहेका ५ वटा नगर स्वास्थ केन्द्रमा रहेका स्वास्थकर्मीहरुलाई निर्देशन दिदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए । त्यसक्रममा अस्पतालका निर्देशक विनोद पराजुलीले सिङ्गो उपमहानगर क्षेत्रको खोप भण्डारण केन्द्र आम्दामै स्थापना गर्न पाउनु आफ्नो संस्थाको लागि समेत गर्वको कुरा भएको बताए । उनले केन्द्रका लागि आवश्यक पर्ने सहयोग र सहकार्यका लागि आफुहरु तयार रहेको बताए । केन्द्रमा बुटवल उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मीहरु खटिन्छन् । उनीहरुले त्यहीँबाट निशुल्क औषधिका बारेमा पनि पैरवी र सहयोगका काम गर्नेछन् । उनीहरुले सेवा प्रवाहका बारेमा नगर प्रमुख र स्वास्थ्य शाखा हेर्ने नगरका अधिकारीलाई नियमित जानकारी गराउनेछन् । उप–महानगरपालिकाले स्थापना गरेको यो खोप भण्डारण केन्द्रबाट उप–महानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्था एवं खोप केन्द्रहरुलाई आवश्यक खोप वितरण गरिनेछ । विगतमा क्षेत्रीय मेडिकल … Continue reading बुटवलमै खोप भण्डार केन्द्र सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed