ताजा अपडेट

‘तत्काल राप्रपा एकताको पक्षमा’जवरा

          |   118 Views   |   Published Date : 23rd April 2018 |

DSC_0333 काठमाडौं । राष्ट्रियप्रजातन्त्रपार्टी (प्रजातान्त्रिक)काअध्यक्षपुशपति सम्शेर जवराले आफू तत्काल राप्रपाशक्तिवीचएकताको पक्षमा रहेको बताए । नयाँबर्ष २०७५ को अवसरमा राजधानीमादिवाभोज आयोजना गरी उनले आफ्नो यस्तो धारण सार्वजनिक गरेको हो ।

‘म सबै राप्रपाका सवै धारहरुलाई एउटा सशक्त राष्ट्रवादीप्रजातान्त्रिकशक्तिनिर्माणको अभियानमा सहभागिहुनहार्दिक अपिलगर्दछु ।’ राप्रपाशक्तिएकिकृत गर्न आफूले खेल्नुपर्ने भूमिका र त्यागकालागिआफू सँधै तत्पर रहेको जनाउँदिँदै अध्यक्षजवराले एकताको विकल्प नरहेको दाबी गरे । तीनतहकैनिर्वाचनमा राप्रपाशक्तिपछि परेको तर्फ इंगितगर्दै उनले भने ‘हामीवीचको विभाजनले जनतामा सकारात्मक सन्देश गएको छैन । तसर्थ, प्रजातान्त्रिकशक्तिपछिधक्यालियौं ।’


अर्को सन्दर्भमाअध्यक्षजवराले वामएकताले खास ठूलो प्रभावनपर्ने र आफू त्यस विषयमाटिकाटिप्पणी समेत नगर्ने बताए । राजधानीको होटलएल्लो प्यागोडामाआयोजनागरिएको दिवाभोजमापत्रकारहरुलाई संवोधनगर्दैै अध्यक्षजवराले राप्रपाप्रजातन्त्र, उदारवाद र राष्ट्रियताको पक्षमा सँधै कटिबद्धभएर लागि पर्ने बताए । विकास निर्माणका क्षेत्रमावर्तमान सरकारको रवैया खास दीर्घकालिन योजनासहितको नदेखिएको बताउँदै अध्यक्षजवराले प्रधानमन्त्री केपीओलीशक्ति संचयगर्ने खेलमा केन्द्रितभएको आरोप लगाए ।

‘सुरक्षालगायतशक्तिशालिनिकायलाईआफ्नो मातहतल्याएर ओलीजीशक्ति संचयको खेलमाहुनुहुन्छ । यसले उहाँलाई त फाइदाहोला तर राष्ट्रलाई दीर्घकालसम्म असर पुग्न सक्छ ।’
त्यस्तै, मुलुकको संक्रमणकालपार गरी राजनीतिक स्थिरता प्राप्त गरेको उल्लेख गर्दै उनीद्धारा जारी विज्ञप्तिमाभनिएको छ ‘तर, सरकार निर्माणको वेला देखा परेको जनउत्साहले निरन्तरतापाउनेमा संशयछाएको छ ।’ सरकारको आलोचनागर्ने पक्षमाआफूहरु नभएको बताउँदै अध्यक्षजवराले मुलुकको मुहार फेर्ने काममाएकलव्यभएर समर्पित भए सबै दलको सहयोग र समर्थन रहने छ ।’

राप्रपाको इतिहासलाई निरन्तरतादिँदै शक्तिशालिपार्टी हुनेमाविश्वास्तहुँदै उनले गाउँ, वार्ड तहसम्म संगठनविस्तार गरिने जानकारी दिए । ‘यसकालागि संगठनको दायरालाई व्यापक र फराकिलो बनाउनअनिवार्य रहेको छ ।’ उनले थपे ।
उनले राप्रपा (प्रजातान्त्रिक) सनातनधर्म, संस्कृती, मूल्य, मान्यतातथा परम्परागत संस्थाहरु, देशको भू–राजनीतिकअवस्थिती र नेपालीजनताको आंकाक्षाबाटअनुप्राणीतहुँदै राष्ट्रवाद, प्रजातन्त्र र उदारीकरण र विकासलाई आत्मसातगर्दै निरन्तरता सहित सकारात्मक परिर्तनको लक्ष्य र उद्देश्यप्रति स्पष्ट र प्रतिबद्धभएको बताए । पार्टी राजावादीकीगणतन्त्रवादीभन्ने पत्रकारको प्रश्नमाउनले ‘पुरानाशक्तिको सम्मानगर्दै संविधानलाई स्वीकार्ने छ ।’
कार्यक्रममामहामन्त्री राजारामश्रेष्ठ, प्रबक्त राजेन्द्र श्रेष्ठ, सहप्रबवक्तहरु किशोर कार्की किरणगिरी लगायत नेताकार्यकर्ताको उपस्थितथिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१