ताजा अपडेट

जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेताले १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति पाउने

          |   90 Views   |   Published Date : 23rd April 2018 |

bbbb दाङ,  बैसाख । दाङमा पहिलोपटक मिस एसइइ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीको संयुक्त आयोजनामा आगामी जेठ ३ गतेदेखि यो कार्यक्रम शुरु हुने भएको छ ।

दाङबाट एस इइ दिएका युवतीहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् ।  प्रतियोगिताको विजेतालाई गोरखा स्कूलले १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको छ भने उत्सर्ग कलाकेन्द्रले तीन महिनासम्म निःशुल्क संगीत, नृत्य एवं गिटार प्रशिक्षणको अवसर प्रदान गर्ने भएको छ । साथै एउटा म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने छ ।


जेठ ३ गते अडिसन पश्चात् छनौट भएका युवतीहरुलाई व्यक्तित्व विकाससम्बन्धी १० दिने विशेष तालिम दिइने कार्यक्रम निर्देशक केएल पीडितले बताउनु भयो । युवतीहरुको बौद्धिक एवं सिर्जनशील विकासमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम शुरु गरिएको आयोजकहरुले बताएका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१