२ तलाबाट धकेलेर साथीको हत्या

रुकुम– सामान्य विवादमा एक व्यक्तिले २ तलाबाट खसारेर साथीको हत्या गरेका छन्। रुकुमको पैयु गाउँपालिका–४ हातेमालो चोक डेरा गरी बस्ने रुपन्देही देवदह नगरपालिका–६ घर भएका मिस्त्रि काम गर्ने भिमबहादुर सुनारले साथीको हत्या गरेका हुन्।     सुनारले उनीसँगै बस्ने भारतको महाराजगन्ज घर भएका ३५ वर्षीय सन्तोष साहलाई सामान्य बिवादमा आफु बस्ने घरको २ तला माथी छतबाट  धकेलेर हत्या गरेका हुन्। गम्भीर घाइते भएका साहको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा पठाइएकोमा मृत्यु भएको थियो।  सुनारलाई प्रहरीले पक्राउ गरेको छ। Facebook Comments