लेकसाइडका रेस्टुरेन्टमा चरेशको कारोबार, दुई पर्यटकसहित ४ पक्राउ
पोखरा– पोखराको लोकप्रिय पर्यटकीय बजार लेकसाइडका केही रेष्टुरेन्टहरुमा चरेश तथा गाँजाको कारोबार हुने गरेको खुलेको छ। प्रहरीले २ पर्यटक तथा २ रेष्टुरेन्टका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। लेकसाईडस्थित फाट काथ रेष्टुरेण्टमा बसेका ईजरायली नागरिक २२ वर्षीय अलोन लोबेल र र २२ वर्षीय इरानालीलाई प्रहरीले शनिबार १ सय ग्राम चरेश सहित पक्राउ गरेको हो। प्रहरीले सो रेष्टुरेण्टका म्यानेजर रुपन्देही बुटवल उपमहानगरपालिका–७ दिपनगर बस्ने २६ वर्षीय अनुराग कार्कीलाई समेत अनुसन्धानको लागि पक्राउ गरेको छ। सोही अनुसन्धानको क्रममा सोही स्थानमा रहेको फ्रिडम क्याफेमा पनि प्रहरीले छापा हानेको थियो। सो क्याफेबाट एक सय ग्राम गाँजाको झोलाबाट १ सय ग्राम गाँजाको धुलो बरामद भएको र क्याफेका म्यानेजर रसुवा सरामथली गाउँपालिका–६ घर भएका २४ वर्षीय राजु तामाङ समेतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed