ताजा अपडेट

महिलाहरुका लागी १० दिने अटो तालिम समापन

          |   95 Views   |   Published Date : 22nd April 2018 |

30922035_1651465678275446_395437922_o

तुलसीपुर,९ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मा सञ्चालित अटो तालिमको आज समापन गरिएको छ । वडाको आयोजनामा सञ्चालन भएको महिलाहरुका लागी १० दिने अटो तालिमको आज समापन गरिएको छ ।

वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता तथा समाजसेवी तिलक वहादुर वस्नेतको प्रमुख आतिथ्य एवं महिला अधिकारकर्मि शुष्मा गिरीको विशिष्ट आतिथ्यमा तालिमको समापन भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले महिलाहरुपनि अव आर्थिक रुपमा सवल हुनुपर्नेमा जोड दिएका थिए ।

घरको काममा मात्रै सिमित नभई सिपको माध्यमबाट अव ब्यावसायीक बन्नपर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले अटो तालिमबाट सिकेको सिपलाई व्यवहारमै लागु गरि आर्थिक रुपमा सवल वन्न सुझाव दिएका छन् । कार्यक्रममा वडा सदस्य सुवास डांगी, वडा सचिव अर्जुन चौधरी, नेपाली कांग्रेसका वोधिलाल भण्डारी, एमालेका अध्यक्ष होताराम वस्नेत, पशु सेवा कार्यालयका प्रमुख शोभा विष्ट, रमाईलो टोल विकास संस्थाका अध्यक्ष रुपलाल रेग्मी, तालिम प्रशिक्षार्थीका तर्फबाट सेतु जैशी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडा सदस्य निर्मा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडाका कर्मचारि लक्ष्मी चौधरीले गर्नुभएको थियो । अटो तालिममा सहभागि ९ जनालाई प्रमाण पत्र प्रदान गरिएको थियो भने प्रशिक्षक यम कुमार पाण्डे र देव वहादुर वलीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

तालिमका प्रशिक्षार्थीहरुले अटो किनेर व्यवसायीक वन्न चाहेको भन्दै आवश्यक सहकार्य गरिदिन वडा कार्यालयलाई अनुरोध गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१