अस्थायी लालपूर्जाको पोत बुझन् किसानहरुको माग
शिवु खनाल देउखुरी, वैशाख | अस्थायी लालपुर्जा पाएका किसानहरुले सरकारले आफूहरुको पोत नवुझेका कारण धेरै अवसरवाट वन्चीत हुनु परेको भन्दै सरकारलाई आफ्नो जग्गाको पोत वुझ्न आग्रह गरेका छन । नेपाल सरकाले अस्थायी २०४५ सालमा भूमिहीन किसानहरुलाई अस्थायी लालपूर्जा वितरण गरेपनि बैधानिकता माथि प्रश्न उठेको छ । अस्थायी लालपुर्जको सक्ल प्रर्ति भुमीसुधारमै रहेको र मालपोत कार्यालयले जग्गाको तीरो वुझन नमान्दा विभीन्न अवसरवाट वन्चीत हुनु परेको अस्थायी लालपूर्जा पाउनु भएका छोटेलाल चौधरीले जानकारुी दिनुभयो । आज जिल्ला भूमी अधिकार मंच दाङ, स्वान लमही लगायत भूमी व्यवस्थापनमा क्रियासिल संघसंस्थाको पहलमा मालपोत कार्यालय लमहीमा पुगि ज्ञापन पत्र वुझाइएको छ । अस्थायी लालपूर्जाको तीरो सरकारले वुझनु पर्ने,सरकारले उपलव्ध गराएका अस्थायी लालपूर्जालाइृ पूर्ण वैधानिकता दिनुपर्ने लगायतका माग ज्ञापन पत्रमा समेटिएका छन । मापलोत कार्यालय लमहीका प्रमुख रमशे वुढाथोकी आफ्नो कार्यक्षेत्र भन्दा वाहीरको विषय भएका कारण किसानहरुको मागलाई मन्त्रालयमा पठाइने जानकारी दिनुभयो । राजनीतिक निर्णयवाट हल हुने माग भएकोले आफूले ज्ञापनपत्रको आधारमा निर्णय गरी तालुक अड्डा,विभाग र मन्त्रालयमा पठाउने प्रमुख अधिकारीले जानकारी दिनुभयो । सरकारले आफ्नै निर्णय कार्यान्यन नगरेको प्रर्ति चिन्ता व्यक्त गर्दै जिल्ला भूमीअधिकार मंच दाङका संयोजक रेमन्त चौधरीलाई सरकारको निर्ण कार्यान्यन गर्न आग्रह गर्नुभयो । ज्ञापन पत्र वुझाउने कार्यक्रमममा स्वान संस्थाका अध्यक्ष कृष्ण चौधरी, गोर्खापत्रदोय दिवाकर पोख्रलेल र तुल्सीपुर अनलाईनकर्मी शिवु खनालको सहभागिता रहेको थियो … Continue reading अस्थायी लालपूर्जाको पोत बुझन् किसानहरुको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed