ताजा अपडेट

वीरेन्द्र बियर : कमल थापा चुप, विद्यार्थी तात्तिए- कडा संघर्षको चेतावनी

          |   172 Views   |   Published Date : 21st April 2018 |

birendra8

 काठमाडौं | Turbinenbräu नामको स्विस कम्पनीले दिवंगत राजा वीरेन्द्रको नाम र फोटोसमेत हालेर वीरेन्द्र बियर बनाएर बेचेको बारे हिजो माइसंसारले लेखेको ब्लगपछि राजावादी पार्टीका रुपमा चिनिएको राप्रपाका अध्यक्ष कमल थापा चुप रहे पनि पार्टीको विद्यार्थी संगठनले भने आज विज्ञप्ति निकालेर विरोध गरेको छ।

विज्ञप्तिमा ‘यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलात्कार हो’ भनिएको छ। लौ भो त अब, कुरा साँचो हो कि हैन नै कन्फ्युज रहेछन् उनीहरु। पहिला साँचो हो कि हैन बुझेर विज्ञप्ति निकालेको भए हुने। अनि विज्ञप्तिमा ‘नांगो बलात्कार’ पनि लेखिएको रहेछ। बलात्कार मात्र भने बुझिहाल्थे, नांगो किन लेख्नुपरेको होला! बलात्कार पनि नांगो, ननांगो हुन्छ र।

विज्ञप्तिमा भनिएको छ- यस विषयमा सत्य तथ्य बुझी उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं।

aac

‘यदि यो गलत कार्य समयमा नै बन्द नभए राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

संघर्ष चाहिँ कहाँ गर्ने हुन् कुन्नि? स्विट्जरल्यान्डै गएर गर्ने कि काठमाडौँमा? काठमाडौँमा फेरि आजभोलि जहाँ पायो त्यहीँ प्रदर्शन गर्न पाइन्न। सरकारले प्रदर्शन गर्न पाउने ठाउँ तोकिसकेको छ। गाह्रो पो छ त राजावादी बन्धुहरुलाई।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१