धनगढी– धनगढी उप–महानगरपालिकाका दुई महिलालाई प्रहरीमाथि हातपात गरेको आरोपमा शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले थुनामा राखेको छ। हसनपुरस्थित अनुष्का देउवा र मिलन चोकका अनु अधिकारी सीमापारिबाट आज विहान ८ बजे ५/५ पिस कुर्ता-सलवारका कपडा ल्याउने क्रममा त्रिनगर भन्सारका प्रहरीले अवैध मालसामान रहेको भन्दै उनीहरुलाई रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले दुबै महिला लामो समयदेखि अवैध मालसामान ओसारपोसार गर्ने गरेको बताए। अवैध कपडा लैजान पाइँदैन भनेपछि ती महिलाहरुले टोलीमा खटिएका प्रहरीमाथि नै हातपात गरेको बुढामगरले बताए। उता प्रत्यक्षदर्शी कुशल शाहीले आफू पनि अनुष्का र अनुसँगै गौरीफन्टा गएको भन्दै उनीहरुले ५/५ पिस कुर्ता-सलवारको कपडा ल्याएको बताइन्। आफूले भने २ किलो चिनी मात्रै ल्याएकाले प्रहरीले आफूलाई नरोकेको उनले बताइन्। कुशलका अनुसार, त्रिनगर भन्सारका प्रहरी प्रमुख जीवन गुरुङको टोलीसहित ६ जना प्रहरी र ३ जना अन्य केटाको समूहले अनुष्का र अनुसँग १० हजार घुस मागेका थिए। उनीहरुले घुस नदिएपछि दुवैलाई लछारपछार गरी प्रहरीले आफ्नो बर्दी आफैं च्यातेर उनीहरुमाथि उल्टै मुद्दा दायर गरेको उनले बताइन् । ती महिला र प्रहरीबीच विवाद भएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको हो। उनीहरुमाथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको प्रवक्ता बुढामगरले बताए। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed