ताजा अपडेट

सपनाको मनमा नानाथरिका कुराहरु खेल्न थाल्छन, डरले गर्दा सपनाको ढुकढुकी बढ्न थाल्छ भने हातखुट्टा चिसा हुन थाल्छ्न…..!

          |   188 Views   |   Published Date : 21st April 2018 |

दीपक जीएम ‘आर्जव’ ( कथा : रहस्यमय अनौठो यात्रा )

28168599_858069807711425_1329041757628273856_n

अकालमा कतिपय मानिसहरु आफ्नो ज्यान गुमाउन पुग्छ्न तर मानिस मरेर गए पनि उसको आत्माले शान्ति पाएको हुदैन ,जसकारण कुनै न कुनै रुपमा ती आत्माले संकेत दिइरहेका हुन्छन ।

सपना सधै कल्पनामा हराउने गर्दथीन ,उनको आफ्नै एउटा बेग्लै सँसार थियो । धेरै नबोल्ने तर कुनैपनि कुराको गहिराईमा पुग्ने उनको बानी थियो । घरमा पनि खासै उनी कोही सँग धेरै बोल्दैँथिन तर पनि आमा-बुवा छोरीको शिष्ट ब्यावहार र नम्र बोलीको कायल थिए । कलेजको जाडो बिदा भएको हुन्छ,सपनाले बिदाका केही दिन नेपालगन्ज मामा घर बिताउने मनसाय बनाउँछिन अनि आमा-बुवा सँग सर -सल्लाह गर्छिन र मामा घर जाने चाजो-पाँजो मिलाउदै नेपालगन्ज तिर लाग्छिन।

मामा घर जाने भइयो भनी मनमनै खुसी हुदै बाटोभरी नेपालगन्जको रमझम मा कल्पिन थाल्छिन ,केही दुरी पार गर्दै गाडी एक्कासी कुरिनटारमा रोकिन्छ ,अचानक गाड़ी यसरी रुक्दा सबै यात्रीहरु अचम्म पर्छन अनि सबैजना एकै स्वरमा ” के भयो गुरुजी किन गाड़ी यसरी रोक्नु भयो ..? खलासी ठूलो आवाजमा जवाफ दिन्छ ” अगाडी पोलमा गाड़ी ठोकिएको छ एक्छिन टाइम लाग्छ त्यसैले सबैजनाले खाना यही खानुस ” । ” ओह हो बिचरा कसैलाई केही त भएन नि ” खलासी मुख बिगार्दै बोल्छ ” ३ जना जति मरे रे भन्ने सुनेको छु खोइ के हो के हो …”। सबैजना खाना खानको लागी बस बाट ओर्लिन्छ्न अनि सपना पनि ओर्लीदै नजिकैको होटलमा पस्छीन अनि खाना खान थाल्छिन ,खाने क्रममा एकाएक उनको नजर अर्को टेबलमा बसेको जवान युवक माथी पर्न जान्छ ।

30184989_887777501407322_1074040090_n

जो देखिंदै कुनै फिल्मको हिरो भन्दा कम देखिदैनथ्यो ,उसको लोभ लाग्दो शरीर देखेर सपनाको मनमा कताकता काउकुती लाग्न थाल्छ । अचानक त्यो युवक सपनाको नजिकै आएर उभिन्छ अनि सपना तिर हेर्दै बोल्छ ” तपाई ओर्लिनु भएको गाड़ी नेपालगन्ज जांदै हो…एक्कासी युवकले त्यसरी सोध्दा अक्मकाउदै सपना बिस्तारै ” हजुर हो गाड़ी नेपालगन्ज जादै छ ” सपनाको जवाफ सुनेर मन्द मुस्कानमा युवक बोल्छ ” मलाई पनि नेपालगन्ज जानु पर्ने थियो,सिट छ र गाडीमा ” हतार हतार सपना बोल्छिन ” हजुर म बसेको छेउको सिट खाली नै छ,त्यही बस्दा नै हुन्छ ” । रात झम्मक पर्न थाल्छ,सबैजना आ-आफ्नो सिटमा गई बस्न थाल्छ्न।

सपना पनि मनमनै ” हे भगवान ऊ सँगको यो यात्रा कहिल्यै पनि नटुन्गियोस” भनी कामना गर्दै सिटमा गई बस्छिन । एकजना अधबैसे महिला सपनाको नजिकै आएर ” सुन न बहिनी यो सिट खाली छ की नाई..?”हजुर खाली छैन ,एकजना साथी छ यहां” । ” ए ल हुन्छ नी भन्दै ती महिला पछाडीको सीटमा गई बस्छीन । ” कहां जानुभएछ भनी सपना यता -उता हेर्न थाल्छिन। त्यतिकैमा गाड़ी गुड्छ, ती युवक पछाडी बाट ”म बस्न सक्छु ” सपना खोइ के सोच्दै थिइन की ती युवकको आवाजले झसँग हुन पुग्छे ।

” ए ए हजुर बस्नु न ” । युवक सिटमा बस्दै ” मेरो नाम निमेश र मेरो घर नेपालगन्ज हो अनि हजुरको नाम चाही के पर्यो होला ” जवाफमा ” म सपना अनि घर काठमाण्डौ हो र अहिले म नेपालगन्ज मामा घर जान लागेको हु ”। सपना सारै खुसी थिइन, उसले सोचेको भन्दा पनि यात्रा रमाइलो भईरहेको थियो । दुवैजना चुपचाप तर एकअर्कालाई बेलबेलामा तेर्छो नजर लगाईरहेका हुन्छन । निमेश झोला बाट कुनै किताब झिक्दै पढ्न थाल्छ , सपनालाई भने ”के कुरा गरु कसरी म चुपचाप बस्न सक्छु ,अहँ मैले केही केही कुरा त गर्नै पर्छ ”।

मनमा नानाथरीका कुराहरु केलाउँदै आफूलाई भित्र देखि नै बलियो बनाई सपना बिस्तारै बोल्छिन ” तपाई काठमाण्डौ किन जानु भएको हो ? मन्द मुस्कानमा निमेशले जवाफ दिन्छन ” म विदेश बाट आएको हु ,दुई वर्ष जति उतै बाहिर बसे अनि अहिले बहिनीको बिहे हुन लागेको हुंदा नेपाल आएको हु” ।

विदेश बाट आएको सुन्दा सपनाले आँखा ठूला-ठूला बनाउँदै किन नि विदेश यतै केही गरेको भए पनि हुन्थ्यो त… !निमेश अलिक गम्भीर हुदै सपनाको नजरमा नजर जुधाउदै बोल्छ्न ”के गर्नु आफ्नै ठाउँ छोडेर जान त कसलाई पो मन हुन्छ र…हामी मध्यम वर्गको मान्छेहरुको जीवन पनि के जीवन भन्नु काम नगरी खान -लगाउन पुग्दैन अनि आफ्नो देशमा जागीर नपाए पछि बेरोजगार भएर बस्नु भन्दा त बिदेशीनु नै बेस हुन्छ नी होइन र…” ।

निमेशको कुरा सुनेर सपना भावुक हुन पुग्छे । निमेश केही नबोली एकोहोरो सोचिरहेको हुन्छ, सपना निमेश तिर हेर्दै बोल्छे ” धेरै नसोच्नुस के गर्नु हुन्छ हाम्रो देशको हालत यस्तो होइन तर यँहाका नेताहरुले भ्रष्टाचारको दोसल्ला ओढाएर हाम्रो देशलाई भित्र देखी नै खोक्रो बनाई सकेका छन ”। ” हो नि भन्दै निमेशले सपनाको कुरामा सहमति जनाउछ्न ।

सपना पुन: बोल्छीन” घरमा को को हुनुहुन्छ ..? ”आमा-बुवा अनि दुई वटा बहिनी छन, बुवा पल्टनमा छंदा लडाइँमा एउटा हात गुमाउन भयो त्यसपछि घरमा कमाउने कोही नभए पछि मैले धेरै ठाउँमा जागीर खोजे तर कतै केही काम नपाए पछि अन्तयमा विदेशिने निर्णय लिए र मुगलान पुगे ” घरमा आमा- बुवाले बहिनीको बिहे गरिदिनु छ अलिअलि पैसा छ भने लिएर आइजा भने पछि म अहिले नेपाल फर्केको हु ” । निमेशको कहाली लाग्दा बातहरु सुनेर सपना निशब्द हुन पुग्छिन साथै उसले गरेका र भोगेका दुख पीडाहरु सम्झेर दुखी हुन पुग्छिन।
गाड़ी आफ्नै गतिमा हुन्छ,सुनसान रात अनि गाडी भित्रको बजेको सु-मधुर गीतले ती दुईको यात्रालाई सहज बनाईरहेको थियो । सपना निमेशले बोलेका शब्दहरुले झन झन कायल हुदै जान्छीन र आफूले सोचेको खोजेको जीवनसाथीमा हुनु पर्ने हरेक गुण निमेशमा पाउँदा उनी खुसीले गदगद थिइन । बात मार्दै जाने क्रममा उनीहरू कतिबेला भुस हुन पुग्छ्न थाहा नै पाउँदैनन । बिहानको ५ बज्छ, सपना ब्युझिँछिन,गाड़ी चिया पिउँनको लागी रोकिएको हुन्छ।

छेउको सिटमा निमेशलाई नदेखे पछि कहां जानु भएछ भनी आँखा मिच्दै बस बाट ओर्लिन्छिन र यता उता नजर दौडाउन थाल्छीन तर कुनै भेउ नपाए पछि निमेशलाई चारैतिर खोज्न थाल्छीन तर उनको कुनै पत्तो पाउँदैनिन अनि निराश हुदै आफ्नो सिटमा आई बस्छीन । गाड़ी गुड्न थाल्छ ” सपना गाडीको खलासीलाई सोध्न थाल्छीन ” हेलो दाई यहां मेरो छेउको सिटमा बसेको दाईलाई देख्नु भयो की नाई..! नाई देखेन बहिनी अनि अर्को कुरा यो सिट त काठमाण्डौ देखी नै खाली छ ,कहां बाट को बस्नु र भन्या बहिनी” … सपना आँखा ठूला ठूला बनाउँदै अलिक ठूलो स्वरमा बोल्छीन” कुरिनटार बाट निमेश भन्ने मान्छे यो सिटमा बसेको देख्नु भएन र हँ….” ।

खलासी दंग पर्छ ”होइन के कुरा गर्नु भएको बहिनी, मैले भने त यो सिट काठमाण्डौ देखी नै खाली छ भनेर…कस्तो बुझ् पचाको झै गर्नु हुन्छ ” । पछाडी बाट महिला बोल्दै ” ए बहिनी मैले कुरिनटारमा कोही छ की नाई यो सिटमा भनेर सोध्दा चाहि साथी छ भन्यौ तर पूरै बाटोभरी मैले तिम्रो साथी पनि देखेन र सिट पनि खाली नै देखे,अब अहिले आएर किन अनावश्यक कुरामा झै -झगड़ा गर्दैछौं” । सपना खलासी अनि ती अधवैंशे महिलाको कुरा सुनेर अचम्म पर्छिन अनि गएरातिका कुराहरु सम्झिन थाल्छीन अनि मनमनै ” कतै मैले कुनै सपना त देखिन ,के भईराछ मलाई ”! ।
केही समय पश्चात गाड़ी नेपालगन्ज पुग्छ, सबैजना ओर्लिन्छ्न अनि सपनाले सिट मुनि बाट ब्याग निकाल्न थाल्दा अचानक उनको नजर अर्को झोला माथि पर्छ ,गाडी बाट सबैजना ओर्लिसकेका हुन्छन अनि गाड़ी भित्र नजर दौडाउन थाल्दा कसैलाई नदेखे पछि हतार -हतार अर्को झोला पनि बाहिर निकाल्दै झोलाको चैन खोल्छिन, झोला भित्र निमेशको पासपोर्ट ,नागरिकता,सामान अनि पैसाहरुको मुठो देखेर सपना दंग पर्छिन । गतरातिका सबथोक सांचो थियो,तरपनि केही नभनी निमेश एकाएक गायब भएको हुंदा सपना अलिक निराश थिइन । गाड़ी भित्र किन कसैले पनि उसलाई देखेनन भन्ने प्रश्न सपनाको मनमा कांडा सरी गडेको थियो ।
नागरिकता र पासपोर्टमा निमेश बस्ने ठाउँको ठेगाना थियो त्यसैले झोला बोकेर सपना निमेशको घर तिर लाग्छीन । निमेशको घर नेर पुगेकी मात्र के हुन्छीन की घरको आँगनमा बिहेको जग्गे अनि टन्नै कुर्सिहरु र टेन्ट देख्छीन र साथै निमेशले गए राती आफूलाई बहिनीको बिहे हुदैछ भनेको कुरा सम्झिन पुग्छिन । चारैतिर नजर दौडाउन थाल्छीन , त्यतिकैमा एकजना महापुरुष सपनाको नजिकै आएर सपनालाई तल देखी माथी सम्म नियाल्नु हुन्छ ” नानीलाई मैले चिनिन नि…”हजुर म सपना..निमेशको साथी काठमाण्डौ देखी आएको हु ” ।

” ए निमेशको साथी पो हो नानी तिमी अनि निमेश खोइ त नानी”..। सपना अक्मकाउन थाल्छीन अनि केही नबोली चुप्पी लाउछीन । त्यतिकैमा निमेशकी आमाको आगमन हुन्छ अनि निमेशको बुवाले सब बताउनु हुन्छ । ” होइन ए निमेशकी आमा अब जन्तीलाई बिदवारी पनि त गर्नु पर्ला नि,कति कुराउनु उहाहरुलाई छोरा आउँछ भनेर..” रुन्चे अनुहार लगाउँदै निमेशकी आमा बोल्नु हुन्छ ” के दिएर पठाऊ म छोरी ज्वाइँलाई…छोराले अलिअलि पैसा लिएर आउला र यी उधारो किनेर ल्याएको समानहरुको (दाइजो )पैसा तिरौला भन्ने आश थियो तर त्यसको आउने कुनै छांट-कांट त देखीन मैले अनि बहिनीको बिहेमा सघाउला भनेर सोचेको थिए तर हामी दुखीयारीको कर्म नै खोटो रहेछ ,कहिल्यै सुख हुने भएन ..” । यति भन्दै आँखा बाट बर्बर आँसु खस्न थाल्छ्न ।
सपनाका आँखाहरु पनि रसाएका हुन्छन अनि घरको हालत देखेर उनी निकै दुखी हुन पुग्छीन । जीवनको गतिशील यात्रामा आफूले धेरै कुराहरुको अनुभव बटुल्ने मौका पाउँदा सपना एक मन खुसी थिईन भने अर्को मन निमेशको घरको दुर्दसा देखेर दुखी पनि थिईन । केही समय पश्चात जन्तीलाई बिदावारि गर्ने कार्य समापन हुन्छ । छोरीलाइ बिदा गर्दै आमा-बुवा रुंदै घरको आँगनमा थचक्क बस्छ्न,केहीबेर पछि ” म पनि अब जान्छु हैं आमा भन्दै सपना बिदा माग्दै निस्किन लागेकी हुन्छीन की एकाएक एउटा गाड़ी घर अगाडी आई रोकिन्छ ।

एकजना मनुवा गाड़ी बाट हतार हतार झर्दै बोल्नुहुन्छ” सुन्नुस त निमेश थापाको घर यही हो..? ” हो हो यही नै हो किन र भन्नुस त ”भनी निमेशको बुवाले जवाफ दिनुहुन्छ । आवाज फट्कार्दै ती मनुवा बोल्छ्न ” हिजो काठमाण्डौ देखी नेपालगन्ज आउँदै गरेको नाइट बस कुरिनटारमा एउटा बिजुलीको पोलमा ठोक्किदा नराम्रो सँग दुर्घटना भएछ अनि ३ जनाले ठाउँ मै ज्यान गुमाउन पुगेछन ,ज्यान गुमाउनेहरुमा हजुरको छोरा पनि पर्नु भएको छ अनि शव वीर अस्पतालमा राखिएको छ र यो पर्स हजुरको छोराको गोजी बाट हामीले बरामद गरेको हौ ” ।

त्यो सब सुनेर निमेशकी आमा आँगनमै अचेत भई लड्नु हुन्छ अनि बुवा डाको छोडी रुन थाल्नुहुन्छ । सपना त्यो सब सुनेर झसँग हुन पुग्छिन अनि गत राती कुरिनटारमा भएको गाड़ी दुर्घटनाको बारेमा सोच्न थाल्छीन ,”यदि निमेश मरिसकेको थियो भने मैले भेटेको मानिस को हो त उसो भए..बाटोभरि को सँग मैले बात मार्दै आए त,तर पनि निमेशले भनेका सबैथोक कुराहरु साचो नै थिए ,जे जस्तो भएपनि उसले आफ्नो जीवन भोगाइका पीडाहरु अनि अनुभवहरु म सामु पोख्यो ” ।

सपनालाई फेरि पनि ती अपरिचित मनुवाले भनेको कुराहरु प्रति विश्वास लाग्दैन र मनुवाले दिएको पर्स हेर्न थाल्दा पर्समा निमेशको फोटो देखेर छाँगा बाट खसे झै हुन्छीन अनि केही नबोली निमेशको झोला बुवाको हातमा दिंदै त्यँहा बाट निस्किन्छिन ,बाटोभरी निमेशको बारेमा सोच्न थाल्छीन । अनि मनमनै ” उसो भए खलासी र ती अधबैसे महिलाले भनेका कुराहरु सत्य रहेछ ” ।
साथै गाड़ी खलासी र महिलाले भनेका कुराहरु उनको कानमा गुन्जिन थाल्छ ” ए बहिनी मैले सिट खाली छ भनेर सोध्दा मेरो साथी छ भन्यौ तर पूरै बाटोभरी मैले तिम्रो साथीलाई पनि देखिन र सिट पनि खाली नै थियो”। सपनाको मनमा नानाथरिका कुराहरु खेल्न थाल्छन, डरले गर्दा सपनाको ढुकढुकी बढ्न थाल्छ भने हातखुट्टा चिसा हुन थाल्छ्न…..!

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१