लमही अस्पतालमा रेबिजबिरुद्धको खोपसम्म छैन

दशरथ घिमिरे  दाङ | लमही नगरपालिका वडा नं. ५ निवासी निर्मला खनाल (श्रेष्ठ)की छोरी रिदम श्रेष्ठलाई चैत १९ गते कुकुरले टोक्यो । तत्काल उपचारको लागि लमही अस्पताल लगियो। तर, त्यहाँ रेबिज विरुद्धको खोप पाइएन। कुकुलरे टोकेको विरामिलाई रोविज विरुद्धको खोप दिनुपर्ने हुन्छ। लमही अस्पतालमा खोप नपाएपछि रिदमका बुवाले काठमाण्डौं पुर्‍याए।‘लमही अस्पतालमा उपचार भएन्, कुकुरले छोरीको हातमा टोकेको थियो। यहाँ औषधि नभएपछि काठमाण्डौं लग्यौं’निर्मलाले भनिन्–‘सरकारी अस्पताल नजिकै छ भनेर धेरै भरोसा थियो तर, कुकुरले टोकेको उपचार समेत यहाँ नपाउदा अचम्म लाग्यो ।’ देउपुर निवासी भेदप्रसाद घिमिरे पनि लमहीमा रोविज विरुद्धको खोप नहुदा घोराही उपक्षेत्रिय अस्पतालमा पुग्नु पर्‍यो ।‘कुकुरको नङ्ग्राले चेथुरेको थियो, डर लाग्यो कतै रोविज भैहाल्यो भने के गर्ने ? लमहीमा औषधि रहेनछ, त्यहिभएर यहाँ आएको हुँ’घिमिरेले भने–‘सामान्य औषधीको ब्यवस्था नहुदा दुःख पाउनु परेको छ, यस्ता विषयमा कस्ले ध्यान दिने?’ लमही अस्पतालमा महिनामा ५० देखि ६० जना सम्म कुकुरले टोकेका बिरामि उपचारको लागि पुग्ने गरेका छन्। यि बिरामि सबैले रेबिज बिरुद्धको खोप लमही अस्पतालबाट पाउदैनन् । यहाँको अस्पतालमा एक सय डोज भ्याक्सिन आउछ। यो भ्याक्सिन २० जना बिरामिलाई मात्रै पुग्छ । रोबिज बिरुद्धको खोप देशैभर अभाव हुदा बिरामिहरुले सहज रुपमा पाउन नसकेको दावि लमही अस्पतालका मेडिकल सुपररिटेण्डन डा.ईश्वरी खनालले गरे। ‘रोबिज बिरुद्धको खोप दशैभर सटेजछ, लमही अस्पतालमा महिनामा ६० जना सम्म बिरामि … Continue reading लमही अस्पतालमा रेबिजबिरुद्धको खोपसम्म छैन