मलेसिया उड्न लागेको मालिन्दो एयरको विमान ठूलो दुर्घटना हुनबाट जोगियो

काठमाडौं,  ७ बैशाख– १३३ यात्रु सवार मालिन्दो एयरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । गएराती  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट  मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको उडान नम्बर ओडी १८१ जहाजको पांग्रामा समस्या देखिएपछि रेनवेबाट चिप्लिएर  घाँसे मैदानमा पुगेको पुगेको विमानस्थल स्रोतले जनाएको छ । घटनापछि तत्काल एम्बुलेन्स, अग्निनियण्त्रक र सुरक्षाकर्मीसहितको ठुलो टोली उद्दारका लागि पुगेको थियो । उद्दारकले सबै यात्रुलाई सकुशल विमानबाट निकाल्न सफल भएका थिए । विमानस्थल स्रोतले विमान चिप्लिए पनि सबै यात्रुलाई सकुशल उद्दार गर्न सकिएको जनाएको छ ।  विमानस्थलमै अवतरणको क्रममा फागुन २८ गते युएस–बंगला विमान  दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । Facebook Comments