ताजा अपडेट

बालबालिकाहरुलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण

          |   96 Views   |   Published Date : 20th April 2018 |

30742779_1654876844594385_4168434510033059840_n

बैशाख ७, दाङ | रोटरी क्लब अफ तुलसीपुर सिटिले कक्षा १, २ र ३ मा अध्ययनरत २८ जना बालबालिकाहरुलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी नेपाल साक्षरता अभियान अन्तर्गत रोटरी क्लबको टिच कमिटीले आदर्श आधारभुत नि.मा.बि. धनौरी, काशिपुरमा पुगेर ती सामग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन १८ का असिस्टेन्ट गभर्नर कुशल तर्तालले आरसिसि भिलेजमै रहेको स्कुललाई प्राथमिकतामा राखी यसको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धिको लागि थप कार्यक्रम गर्दै जाने बताउनु भएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष तुफानबाबु श्रेष्ठले रोटरी नेपाल साक्षरता अभियान अन्तर्गत रहेको टिचको स्वरुप टिचर सपोर्ट, ई लर्निङ, एडल्ट लिट्रेसी, चाईल्ड डेभलप्मेन्ट र हैप्पी स्कुलको अबधारणा बारे जानकारी गराउनु भएको थियो । क्लबका पूर्व अध्यक्ष तथा टिच कमिटिका संयोजक बिजय केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक केसीले बालबालिकाहरुलाई स्कुल जाने बेला हौसला र प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यस्तो सामग्री वितरण गरेको बताउनु भयो ।

टिच कमिटिका सचिब राजिव वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य चोप बहादुर केसी, आर.सि.सि. भिलेज काशिपुरका अध्यक्ष चुडामणी केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । रोटरियन मनोज बस्नेत र हेमराज शर्माको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन क्लबका महासचिब सन्दिपन रिजालले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१