कुख्यात गुण्डा नाइके दीपक मनाङ्गे सदरखोर कारागार चलान
काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सासंद दिपक मनाङे (राजीव गुरुङ) लाई डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ । बिहीबार पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङलेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । २०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समूहले चक्रे मिलनको हात दुई टुक्रा पारेको घट्नामा पुनरावेदन अदालतले गरेको फैसाल सर्वोच्च अदालतले सदर गरेको थियो । उनले यसअघी जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम दुई वर्ष कैद भुक्तान गरिसकेकाले ३ वर्षमात्रै जेलमा बस्नेछन् । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाइ दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । २०६१ सालमा चक्रे मिलनको हात काटेको घट्नामा अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई गत माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको थियो । तर सरकारी पक्षले २०७० जेठमा पुनरावदेन अदालत पाटनको फैसलामामाथि पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनी कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । त्यही मुद्दामा माघ २ गते चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीस दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर … Continue reading कुख्यात गुण्डा नाइके दीपक मनाङ्गे सदरखोर कारागार चलान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed