तुलसीपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
दाङ, वैशाख ७ । तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो । उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारवटा मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको इप्रका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । सोही आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका– ८ टिकरी निवासी २१ वर्षीय कृष्ण घर्ती, सोही ठाउँका २० वर्षीय कृष्ण वलीलगायत मोटरसाइकल खरिद व्यक्तिमा संलग्नसहित पाँच जनालाई सार्वजनिक गरिएको थियो । उक्त गिरोहले रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्ला रोल्पामा लगेर रु २५ देखि ५० हजार मूल्यमा बिक्री गर्ने गरेको इप्रका प्रमुख सापकोटाले बताउनुभयो । पटक÷पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्यअनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed