सभामुख महरा र मुख्यमन्त्री पोख्रेल दाङमा
दाङ, बैशाख ४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल दाङ आइपुग्नुभएको छ । जिल्ला समन्यवय समितिको आयोजनामा आज हुन लागेको जिल्लाको समृद्धिका लागि दुरदर्शी योजनाका बारेमा छलफल कार्यक्रममा सहभागी हुन उहाँहरु दाङ आइपुग्नुभएको हो । आज बिहान ७ वजेदेखि अपरान्ह ५ वजेसम्म हुने अन्तक्र्रिया कार्यक्रमका लागि सभामुख महरा र मुख्यमन्त्री पोख्रेलसँगै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यहरु पनि जिल्ला आइपुग्नुभएको जिल्ला समन्वय समिति दाङले जनाएको छ । समितिका अनुसार कार्यक्रममा स्थानीय तहका प्रमुखहरुको पनि सहभागीता रहने छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed