नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रिज र दंगाली गोर्खाज विजयी
नेपालगन्ज– आर्शिवाद पेन्ट्स नेपालगन्ज कप क्रिकेट प्रतियोगितामा लुम्बिनी यात्रिज र दंगाली गोर्खाज विजयी भएका छन। मंगलबारको पहिलव खेलमा लुम्बिनी यात्रिजले बाँके ब्लास्टरलाई ६ विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरको बाँकेले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३८ रन जोड्यो। बाँकेका लगि कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदीप नेपाली र अख्तर हुसैनले १३–१३ रन जोडे। छैठौ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाङले भने आर्कमक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकिय पारी खेलेका थिए। उनले ८ वटा छक्का र १ चौका प्रहार गरेका थिए। एबरोल बलिङतर्फ लुम्बिनीका सुनिल सुनार,बासिर एहमद र निजामुद्दिन हल्वाईले २–२ विकेट लिन सफल भए। १ सय ३९ रनको विजय लुम्बिनीले ४ विकेटको क्षतिमा ७ बल बाँकी छदा पार गर्यो। लुम्बिनीका लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन जोडे। बाँकेका गोपाल सिंहले २ विकेट लिएका थिए । अर्धशतकिय पारी खेलेका लुम्बिनीका विशाल खत्री म्यान अफ द म्याच घोषित भए। दोस्रो खेलमा एन आई सि एसिया दंगाली गोर्खाजले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ६ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको रोल्पाका लागि भने राम्रो सुरुवात रहेन। रोल्पा १८.५ ओभरमा ९५ रन अलआउट भयो। उसका लागि कप्तान सौरभ खनालले ३८ बल खेल्दै … Continue reading नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रिज र दंगाली गोर्खाज विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed